आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

राणाद्वाज लामालाई अध्यक्षमा चयन गर्दै एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न

परदेशी खबर २०७८ श्रावण ९, शनिबार मा प्रकाशित ( ५ साल अघि) ८०६ पाठक संख्या

बिज्ञापन (Sponsored)

परदेशी खबर/ २४ जुलाई , कुवेत। गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सातौ महाधिवेशन २३ जुलाई शुक्रबारको दिन राणाद्वाज लामा अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ।

कॊभिड महामारीका कारण भौतिक रुपमा उपस्थित भएर हुन नसकेको कारण भर्चुवल माध्यमबाट भएको महाधिवेशन निवर्तवान अध्यक्ष सुजन केसीको सभापतित्वमा नेपाली दूतावास कुवेतका राजदुत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा,केन्द्रिय अध्यक्ष कुमार पन्त,केन्द्रिय उपाध्यक्ष बद्रि केसी, केन्द्रिय महासिव हेमराज शर्मा, आईसीसी सदस्य यस्मीन वेगम,केन्द्रिय प्रवक्ता डीबी क्षेत्रि, सचिव आरके सुबेदी, कुवेतका आइसिसी सदस्य अमित चामलिङ, मानर्थ आइसिसी सदस्य सुरज मास्के, मध्यपूर्व महिला संयोजक सुमित्रा पौडेल,मध्यपुर्व संयोजक प्रविन गुरुङ्ग, उपसंयोजक जोन आर्याल ,मध्यपुर्व युवा संयोजक राज रेग्मी लगायत विभिन्न देशका प्रतिनिधि लगायत, कुवेतमा रहेका संघ संस्था, पत्रकार बुद्धिजीवि, समाजसेवी लगायको उपास्थिति रहेको थियो।

२०२१ – २०२३ को कार्यकालको लागि नेतृत्व चयनमा निर्विरोध रुपमा अध्यक्ष लामा सहित आईसिसि सदस्यहरु हरि लावती र माधव पौडेल रहेको छ भने महासचिवमा निवर्तमान महासचिव रहेका मानबहादुर पाख्रीन पुन: निर्विरोध रुपमा चयन भएको छ। उपाध्यक्ष टिका आचार्य, माधव शाही, उमेश पुडासैनी र महिला उपाध्यक्षमा अमृता वान्तावा सचिवमा जीवन कुमार विश्वकर्मा र मनिश केसी पनि निर्विरोध चयन भएको छ। कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमश: प्रेमप्रसाद गुरुङ र सोनाम लामा रहेको छ।

यसै गरि युवा संयोजकको लागि नवराज पराजुली र दामोदार बटाला चयन भएको छ। सह युवा संयोजकको लागि आङ्ग नुर्बु शेर्पा निर्विरोध रहेको छ। महिला संयोजक र सह संयोजकमा पनि रमिता योञ्जन सजिना गुरुङ क्रमश: चयन भएको छ। निर्वाचित र मनोनित १२ कार्यसमिति सदस्यहरुमा विजय धामी, देवी बहादुर सुनुवार, रेशम लामा, सूर्य कुमार लामा, गीता तिवारी, मिलन कुमार तामाङ, जीवन सुनार, वेदनाथ हुमागाइँ, बसन्त साम्बा, हेमन्त नगरकोटी, सरोज बास्ताकोटी र जय नारायण माझी थारु निर्विरोध चयन भएको छ ।

 

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सुजन केसीको अध्यक्षतामा २०१९-२०२१ को कार्यकाल कोरोना महामारीको बाबजुत उल्लेख्य काम गरेको थियो। नेपालीको लागि नेपाली मूल नारालाई आत्मसात गर्दै कुवेतमा समस्यामा परेका नेपालीको श्रमिकको उद्वार र सहयोगको निम्ति विसम परिस्थितिमा पनि गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले अग्र स्थानमा रहेर काम गरेका थिए। कोरोना महामारी विरुद्ध लड्न नेपाल सिलिण्डर पठाउनको लागि सहयोग संकलनको साथै विभिन्न प्राकृतिक प्रकोपमा पनि गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले राम्रो भूमिका खेलेको थियो।