आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

बिज्ञानको एउटा कुरुप परिणाम – अनुवादक युवक राई

परदेशी खबर ७ श्रावण २०७८, बिहीबार १७:०६ मा प्रकाशित ( २ साल अघि) ६४० पाठक संख्या

FILE PHOTO

 

१९४५ मा अमेरिकाले जापानको नागशाकी र हिरोशिमामा एटम बम प्रहार गरेको थियो। यस आक्रमणमा कुल अढाई लाख मानिसको मृत्यु भएकाे थियाे। जसमा अधिकांस गैर सैनिक निर्दोष नागरिकहरु थिए। अमेरिकी सेनाले एटम बमको असरलाई अभिलेखीकरण गर्न एक जना फोटोग्राफर लाई ति सहरहरुमा पठाएको थियो। फोटोग्राफर जो ओ’ डोनेलले हिरोशिमा र नागशाकीमा ७ महिना सम्म बसेर एटम बमले ल्याएको त्राशदी र मृत्युको भयानक दृशहरुको असंख्य फोटोहरु खिचे। ति फोटो मध्ये एउटा फोटो सबै भन्दा महत्वपुर्ण र बिर्सने नसक्ने थियो।
आफुले खिचेको यस ऐतिहासिक फोटो बारे जो ओ’ डोनेल भन्छन;-

मैले एउटा १० बर्ष जतिको बालकलाई नजिक बाट हिड्दै गरेको देखे। उसले आफ्नो पिठ्युमा एउटा बच्चा लाई बोकेको थियो। त्यस बेला जापानमा आफ्नो पिठ्युमा आफु भन्दा साना भाइ बहिनी लाई बोकेर खेलिरहेका केटाकेटी देखिनु सामान्य कुरा थियो। तर यो बालक अरु भन्दा फरक थियो। म देख्न सक्थे उ यहाँ कुनै गम्भीर उद्देश्यले आएको थियो। उ खाली खुट्टै आएको थियो। उसको अनुहार कठोर थियो। उसले ढाडमा बोकेको बच्चाको टाउको पछाडी ढल्केको थियो मानौ उ गहिरो निद्रामा सुतिरहेको होस्। बालक सो ठाउमा ५ देखि १० मिनेट जति उभियो। त्यस पछी सेतो मास्क लगाएका मानिसहरु उसको सामुन्ने आए र उसको शरीरमा बच्चा लाई बाधेको डोरी खोल्न थाले। त्यस पछि मात्र मैले देखी कि बच्चा मरिसकेको रहेछ।
जव दाह संस्कार स्थलका कर्मचारीहरुले उसको भाइको शब् लाई चितामा राखेर आगो लगाए उस्ले चुपचाप हेरिरह्यो। जलिरहेको चिता हेरिरहदा उसको उनुहारमा तनाब थियो। उसले आफ्नो तल्लो ओठ लाई यति सार्हो संग टोकिरहेको थियो कि त्यहाँ बाट रगत रसाउन थालेको थियो। चिताको लप्का यति सानो थियो मानौ सुर्य अस्त हुदै थियो। जब चिता खरानी बन्यो बालक त्यसरी नै चुपचाप फर्कियो जसरि उ आएको थियो।

युवक राई

युवक राई ( ठिम्बर )

यो बालकको नाम कुनै पनि रेकर्डमा भेटिदैन। फोटोमा उ नागशाकी सामुहिक अन्तिम संस्कार स्थलको अगाडी उभिएको थियो। बालक कुनै फौजी जवान जस्तै सतर्क स्थितिमा उभिएर आफ्नो पालो पर्खिरहेको थियो। सम्भवत सो बालकको सब थोक नस्ट भैसकेको थियो- आमा-बाउ, भाइ-बहिनी, नातेदार र घर। घोर अपमान, पराजय र मानवता मरेको समयको यो प्रतिनिधि तस्बिर हो। तर उसको आँखा लाई हेर्नुहोस, सिधा ढाड भएको यो एक्लो, अनुशासित र मजबुत बालक दोश्रो बिश्व युद्ध पछिको जापानको प्रतिबिम्ब पनि हो। जसको प्रगति र बिकाशको हामी प्रसंशा गरेर हामी कहिले अघाउदैनौ !!!!