यातायात व्यवसायीको आन्दोलनले उपत्यकामा ट्राफिक व्यवस्थापन अस्त–व्यस्त

साउन ७,काठमाडौं /आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले गाडीसहित निकालेको र्‍यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्त–व्यस्त भएको छ ।

भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै उनीहरुले चक्रपथमा र्‍याली निकालेका छन् । र्‍यालीका कारण कोटेश्वरदेखि सानेपासम्म नै जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका भित्रि सडकमा भने जाम छैन ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको अगुवाइमा व्यवसायी आन्दोलित भएका हुन् । विभिन्न सात बुँदे माग अघि सारेका छन् । आफ्ना सवारीसाधनसहित उनीहरु विभाग घेराउ गर्न जाँदैछन् ।

कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई राहतको व्यवस्था तथा गाडीको बिमा, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप लगायतका माग उनीहरुले राखेका छन् । उनीहरुले एकान्तकुनामा रहेको यातायात कार्यालय घेराउ गर्ने बताएका छन् । व्यवसायीको विरोध र्‍यालीका कारण यात्रु भने समस्यामा परेका छन् ।






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस