देउवाले पाए विश्वासकाे मत, जोगियो संसद

,

साउन ३,काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट विश्वासकाे मत प्राप्त गरेका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि सत्तारुढ नेकपा एमालेका माधव नेपाल खेमासमेतको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका देउवाले १६५ मतसहित संसदको विश्वास जितेका छन् । देउवको विपक्षमा ८३ मत परेको छ ।

देउवालाई जसपा र एमालेकै माधव नेपाल खेमाका केही सांसदले साथ दिएपछि अलपमतमा रहेका देउवा अन्य दलको सहयोगमा विश्वासकाे मत पाउन सफल भएका हुन् ।

देउवाले विस्वासको मत पाएसँगै पाँच वर्षका लािग निर्वाचित सांसद पुरा अवधि चल्न पाउने भएको छ ।

एमाले अध्यक्ष केपी ओलीले संसद विघटनको सिफारिस गर्दै निर्वाचन घोषणा गरेकामा सवोच्च अदालतले संसद पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नियुक्त भएका प्रधानमन्त्री देउवाले आज संसदमा विश्वासकाे मत मागेका हुन् ।

अब कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको एउटा खेमा र जनमोर्चा नेपालको गठबन्धनमा सरकारले संसदको बाँकी कार्यकालभर सत्ता सहयात्रा गर्नेछन् ।






Related Posts
  • तमू समाज युएईको १२ औं महाधिवेशन सम्पन्न,अध्यक्षमा नन्द जङ्ग गुरुङ सर्वसम्मत चयन
  • लक्ष्मी गिरि एनआरएनए बहराइनको अध्यक्षमा पुन: निर्वाचित
  • राणाद्वाज लामालाई अध्यक्षमा चयन गर्दै एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न
  • ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन ( फोटो फिचर)
  • पछिल्ला सम्प्रेसणहरु

    वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

    केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

    टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

    बिजनेष

    ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस