काठमाण्डौ – सरकारले भोलि असार २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने नेपालीलाई पनि खोपलगाउने भएको छ ।
खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरूलाई भोलिदेखि चीनबाट ल्याइएको भेरोसेल खोपलगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीलाई पासपोर्ट र भिसाको आधारमा खोपलाइनेछ । सरकारले चीनबाट ल्याएको भेरोसेल खोप र अमेरिकाबाट ल्याएको जोनसोन एण्डजोनसोन खोपको पहिलो मात्राको रूपमा भोलिदेखि लगाउन लागिएको हो ।
पछिल्लो समय खाडीका केही देशले कोरोना विरुद्धको खोप लगाएका कामदारलाई मात्र लिने नीतिलिँदा बिदामा आएका र नयाँ जान खोज्ने धेरै श्रमिक रोकिएका छन् । न्यूज़ साभार: उज्यालोअनलाइनबाट
