आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

परदेशी खबर ३१ जेष्ठ २०७८, सोमबार १२:५७ मा प्रकाशित ( २ साल अघि) ३५६ पाठक संख्या

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।  कटुञ्जेका रामबहादुर थापा, रञ्जनराज ढुङ्गेल लगायतको पहलमा अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीका लागि दुई थान बिरामी राख्ने श्यया, अक्सिजन कन्स्ट्रेटर एक थान, अक्सिजन सिलिन्डर दुई थानलगायत विभिन्न स्वास्थ्य सामग्री पठाएका हुन् ।

उक्त स्वास्थ्य सामग्री नगर प्रमुख वासुदेव थापाले स्वास्थ्य चौकीलाई आज हस्तान्तरण गरे । उनले नगरपालिकाले आगामी वर्ष शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम एवं बजेट ल्याइने बताए । उनले जगतीमा नगर अस्पताल सञ्चालनको अन्तिम तयारी रहेको र सो अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण खरीदका लागि बोलपत्र भइसकेको जानकारी दिए ।

कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष एवम् कटुञ्जे स्वास्थ्य चौकीका अध्यक्ष राजकुमार जोशीले अमेरिका बस्ने यहाँका नेपालीको सहयोगले स्वास्थ्य चौकीको आवश्यकता अनुसारका केही सामग्री सहयोग आउँदा राहत मिलेको बताए ।

-रातोपार्टीबाट