ओखल्ढुङ्गामा स्वास्थ्यकर्मी माथि शिक्षकद्वारा दुव्र्यवहार

जून ८ । ओखलढुंगा जिल्ला स्थित सिद्धिचरण नगरपालिका वार्ड ७ विगुटार स्वास्थ्यचौकीका प्रमुख ङिमा शेर्पा माथि सोही वार्डमा कार्यरत एक शिक्षकबाट दुर्व्यवहारमा परेको छ् ।

सिद्धिचरण नगरपालिका ७ विगुटार स्वास्थ्यचौकीका प्रमुख ङिमा शेर्पा माथि दुव्र्यवहार गर्ने सोही वडाको रत्न आधारभुत विद्यालय विगुटक्सारका प्रधनाध्यापक रहेका दोर्ची शेर्पा रहेको जनाएको छ् ।

गत जेठ २३ गतेका दिन स्वास्थ्य चौकीबाट घर फर्किएका प्रमुख शेर्पा माथि मदिरा सेवन गरेका प्रधनाध्यापक शेर्पाले कोरोना खोप उपलब्ध नगरेको, सिटामोल बेच्ने भन्दै गालीगलौंज र हातपात समेत गरेका प्रमुख शेर्पाले बताए।

कोरोनाको महामारीको विषम परिस्थितीमा पनि अहोरात्र खटिरहेका आफ्नो जीवनको पर्वाह नगरी नागरिकको सेवामा खटिरहँदा आफु माथि नै यस्तो दुव्र्यवहार हुँदा आफुलाई अत्यन्तै दुःख लागेको स्वास्थ्यकर्मी शेर्पाले बताए।

आफु माथि दुव्र्यवहार भए पछि न्याय पाउँ भनि जेठ २५ गतेका दिन जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा निवेदन पेश गरेका थिए । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सोही दिनै आवश्यक कारबाहीको लागि पिडितको निवेदन सहितको पत्र जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको थियो ।
सोही अनुरुप बुधबार जिल्ला प्रहरी कार्यालयले पिडित स्वास्थ्य कर्मी र पिडक प्रधनाध्यापक दुवै पक्षलाई राखी छानबिन गर्ने क्रममा प्रधनाध्यापक दोर्ची शेर्पाले अब देखि स्वास्थ्यकर्मी वा समुदायको कुनै पनि व्यक्ति माथि मदिरा सेवन गरी फौजदारी कार्य गर्ने छैन, यदि त्यस्तो कार्य दोहोर्याएमा कानुन बमोजिमको सबै सजाय भोग्न तयार छु भनि माफि मागे पछि मिलापत्र गरिएको छ् ।

स्वास्थ्यकर्मी माथि दुव्र्यवहार गर्ने प्रधनाध्यापक शेर्पाले माफी मागे पछि मिलापत्र गरिएको छ । आफुसँग पहिलो पटक त्यस्तो दुव्र्यवहार गरेको, नातामा आफन्त र शिक्षक भएकोले एक पटकको लागि माफी दिएको प्रमुख शेर्पाको बताए ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षाको विषयमा अध्यादेश २०७८ पहिलो संशोधन भएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था माथी कुनै किसिमको दुर्ववहार, हातपात, कुटपिट, तोडफोड, तालाबन्दी, उपचारमा बाधा पुग्ने कार्यहरु कसैले गरेमा १ बर्ष देखि ५ वर्ष सम्मको जेल सजाय र रु. एक लाख देखि ५ लाख सम्मको जरिवाना तोकिएको छ ।






Related Posts
  • मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग
  • खोटाङ सेवा समाज यूकेले खोटाङलाई ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध
  • अन्तर्राष्ट्रिय झापाली समाजद्वारा २३ लाख बराबरको अक्सिजन सिलिण्डर सहित स्वस्थ्य सामग्री सहयोग
  • कुवेतमा क्रियाशील मोरङ-सुनसरी सेवा समाजद्वारा अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सञ्चालन
  • पछिल्ला सम्प्रेसणहरु

    अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

    भोजपुरका प्रशन राईको कुवेतमा बिल्डिङबाट खसेर मृत्‍यु

    मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग

    बिजनेष

    अलमुजैनीको रमादान प्रमोशनमा चौथो चरणको भाग्यशाली विजेताको नामावली सार्वजनिक

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस