आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024
FLASH NEWS

कुवेतमा क्रियाशील मोरङ-सुनसरी सेवा समाजद्वारा अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सञ्चालन

परदेशी खबर २६ जेष्ठ २०७८, बुधबार २०:५० मा प्रकाशित ( २ साल अघि) ४६६ पाठक संख्या

No description available.

 

परदेशी खबर / ९ जुन, कुवेत। कुवेतमा क्रियाशील सामाजिक संस्था मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सन्चालन गरिरहेको छ।

विश्वभरी तिव्र गतिमा फैलिरहेको कोरोना भाइरस महामारिका कारण नेपालमा पनि धेरै मानिसहरुले अकालमै ज्यान गुमाइरहेको परिदृश्यलाइ मध्यनजर गर्दै मोरङ र सुनसरी भित्रका विभिन्न कोरोना प्रभावित पालिकाहरुमा अक्सिजन सिलिन्डर पुर्‍याउने उदेश्यले मोरङसुनसरी सेवा समाज केन्द्रले चालेको अभियान संग सहकार्य गर्दै विश्वभरिबाट मोरङसुनसरी सेवा समाजका प्रवास शाखाहरुबाट आर्थिक संकलन अभियान चलाए संगै मोरङसुनसरी सेवा समाज कुवेतले पनि सो अभियान चालेको छन।

No description available.

अध्यक्ष अरुण लिम्बुका अनुसार हालसम्म मोरङको रामधुनी र केराबारी नगरपालिकामा ४/४ थान, धरान-१५ मा ५ थान, पथरी सनिश्चरे गाउँपालिकामा ४ थान, कानेपोखरी गाउँपालिकामा २ थान, उर्लाबारी नगरपालिकामा ५ थान र लेटाङ नगरपालिकामा ५ थान अक्सिजन सिलिन्डर वितरण भैसकेको छ। केही बर्ष अघि बुढिखोला बाढी पिडितहरुलाइ आवास तथा खाद्यान्न, केरावारी गाउँपालिका मुगु खोलाको बाढी पिडितहरुलाइ विभिन्न किसिमको सहयोग तथा भुकम्प पिडितहरुलाइ सहयोग गर्दै आइरहेका छन।

यसपालिको महामारिमा पनि कम्तिमा ७० ओटा अक्सिजन सिलिन्डर मोरङ र सुनसरिका विभिन्न प्रभावित क्षेत्रमा वितरण गर्ने उदेश्य सहित यो अभियान सञ्चालन गरेको छ। यहि अभियान अन्तरगत प्रवासका शाखाहरुले पनि अभियान सञ्चालन गरिरहेको छ।

अध्यक्ष लिम्बुले मोरङ र सुनसरिबाट वैदेशिक रोजगारिको सिलसिलामा कुवेतलाइ कर्मथलो बनाइरहेका सबै प्रवासिहरुलाइ यश अभियानमा जोडिन अनुरोध गरेका छन। उनले मोरङ र सुनसरी बाहेकका प्रवासी सम्पुर्ण कुवेतका श्रमिकहरु र कुवेतमा स्थापित संघ संस्थाहरुलाइ समेत यश अभियानमा जोडिनका लागि अनुरोध गरेका छन। सहयोग गर्न चहानुहुने जो कोहिले पनि यी नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ।

अरुण लिम्बू-55454818
उपेन क्षेत्री-67010068
दिलकुमार पाख्रीन- 97557313

No description available.

No description available.