आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

घरेलु मदिरा उत्पादन गर्ने नेपाली २ जना पुरुष र १ जना महिला कुवेतमा पक्राउ

परदेशी खबर १८ जेष्ठ २०७८, मंगलवार ०३:१४ मा प्रकाशित ( २ साल अघि) ४०६ पाठक संख्या

कुवेत/ कुवेतकाे जहारा गभरनेट भित्र पर्ने ताईमा सुरुक्षा क्षेत्रका कमांडर-कर्नल मतार साबिल, तथा गस्ती विभाग प्रमुख मुबारक अल-हाज्राफ सहितको टोलिले एउटा अपार्टमेन्टमा छापा मार्दा अपार्टमेन्ट भित्र भारी मात्रामा घरेलु मदिरा बनाउन तयारी अवस्थामा रहेको लिक्युड ब्यारल तथा बिक्रीको लागि तयार पारेको ठूलो संख्यामा मदिरा जफत गरेको छन ।

अरब टाईम्स कुवेतका अनुसार- कुवेत सुरक्षा निकायले सुराकीको आधारमा सार्वजनिक अपराधिक क्रीयाकलाप बन्द गर्ने अनुमति पाएपछि उक्त ठाउँमा छापा मारेको थिए! सुरक्षा स्रोत अनुसार तीन नेपाली नागरिक पक्राउ परेका छन भने जसमा दुई जना पुरुष र एक जना महिला पक्राउ गरिएको बताएको छ। पक्राउ पर्ने सङै उत्पादन गर्नको लागि तयारी अवाथामा रहेको कच्चा पदार्थ र बिक्री गर्नको लागि बोटलिङ गरेर राखेको मदिरा तथा मदिरा उत्पादन गर्ने उपकरण सहित पक्राउ गरिएको छ।अपराधिक क्रीयाकलापमा संगलनलाई थप अनुसाधानको लागि ड्रग्स तथा मदिरा नियन्त्रण कार्यलयको सम्बधित विभाग पठाइएको छ।