आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

माओवादी पार्टी, जनताको मुद्दामा पहिलो तर जनताको मतमा पछि किन ?

परदेशी खबर २०७८ जेष्ठ १, शनिबार मा प्रकाशित ( ५ साल अघि) ३५८ पाठक संख्या

                                 युवक राई

  युवक राई – आज बिश्व राजनीतिबाट कम्युनिस्ट आन्दोलन वा कम्युनिस्ट फैलावट साघुरिदै गइरहेको बेला वा बिश्व मानसिकता बाट धेरैजसोले कम्युनिस्ट मान्यतालाई अलोकप्रिय मानिरहदा । यहीँ असजिलो समयमा नेपाल जस्तो राजतन्त्र लाई सर्वमान्य सत्ता मान्नुपर्ने र केही नमान्ने हरुले भारतीय स्वार्थमा खोलिएको पार्टीहरुले मिलेर देशलाई भोग गरिरहेको बेला एकाएक आफ्नै सैनिक तयार गरेर राज्य , राज्यको फौज , अन्तर्राष्ट्रिय दबाबको लाई सिदासिदा चुनौती दिदै माओवादी पार्टी नेपाली जनता र बिश्व सामु देखा पर्यो । 

बिज्ञापन (Sponsored)

    जसले आधुनिक समयमा पनि साशकलाई हराउनु छ भने लड्नै पर्छ अनि मात्र जन-बिपरित ब्यवस्थालाई परिबर्तन गर्न सकिन्छ भन्ने बिश्वास जनता सामु ल्यायो। साथै जनताको मुख्य आवश्यकता भनेको पहिलो, राजतन्त्रको अन्त्य । दोस्रो, राज्यको केन्द्रीकृत शक्तिलाई बिकेन्द्रीकृत गरि संघीयता मार्फत आफ्नो ठाउँको बिकास तेहिकै जनताले गर्नुपर्छ । तेस्रो, नेपालको नागरिक जुनसुकै भूगोल ,  जाति , रंग , धर्म , भाषी भएपनि राज्य र संविधानमै सबै बराबर हुनुपर्छ । चौथो, नेपाली राज्य व्यवस्था वा राज्यको कुनै पनि स्थाई पद र निकायमा सबै जाती/भूगोल/भाषीको समान सहभागिता हुनुपर्छ र सबैभन्दा प्रमुख मुद्दा आधुनिक बिश्व बिकासको प्रतिस्पर्धामा नेपाललाई पनि समानान्तर रूपमा लानु छ भने नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा जानै पर्छ भन्ने प्रष्ट लक्ष्यको साथ अघि आयो। 

   जसलाई नेपाली जनताले पूरापूरा साथ दिए र शताब्दीयौ देखि नेपाललाई केही सिमित ब्यक्ति र व्यवस्थाले आफ्नो मुठ्ठीमा राखी आफू खुशी प्रयोग गरिरहेको साशक विरुद्ध सशस्त्र युद्ध शुरु गरे। फलस्वरूप एक दशक लामो जनयुद्धले ती सबै साशक र साशकहरुको नायिके राजतन्त्रलाई पछारी छाड्यो। त्यो समय यस्तो सुनिन्थ्यो , जनता त साथ छदै थिए ढुङ्गा/माटो / बनजङ्गललाई सोद्दा पनि सबैले भन्थे हामी माओवादी । यस्तो जनताको लोकप्रिय माओवादी पार्टी जसलाई आफ्नो प्राण/परिवार/भबिस्य भन्दा पहिलो मान्यता दिए । र आधुनिक युगमा असम्भव मानिएको समयमा आफ्नै सैनिक खडा गरि साशकलाई हराई जनताको मुद्दा स्थापित गरि छाड्यो । जसमा लोकतन्त्र , संघीयता , धर्मनिरपेक्षता , समानुपातिक सहभागीता लगायत थियो। र आजको नेपाल यहीँ मुद्दामा हिडिरहेको छ। 

तर यति धेरै संविधानमै जनताको मुद्दा स्थापित गराउने पार्टी जनताको मतमा किन पछाडि ? यसमा धेरै कारण हुन् सक्लान् तर मैले मुख्य तिनवटा कारण देख्छु ।

पहिलो , माओवादीले पहिले देखिनै संसदीय प्रणालीलाई मान्यता नदिनु र माओवादी नेताहरू यस प्रति त्यति जानकार नहुनु वा यसरी भनौं यति छिट्टै राज्य सत्तालाई प्ररास्त गरि जनताको मतको परिक्षामा खडा हुनुपर्छ भन्ने पुर्व अनुमान लाउन नसक्नु। जहाँ जनताको बिश्वास जित्न राम्रो मुद्दा , इमानदारिता , गर्ने इक्छासक्ती भन्दा पैसा , झुटो आश्वासन , विपक्षी प्रति भ्रम , गुन्डाशक्ति लगायतको पनि तेतिनै आवश्यक पर्छ भन्ने थाहा नपाउनु थियो । र अहिले नेपालको चुनावी वातावरण यसैको सेरोफेरोमा घुमिरहेको यो एउटा यथार्थ पनि हो। 

दोस्रो , माओवादी पहिलो पल्ट चुनावी मैदान बाट ठुलो पार्टी भइ संसदमा हुँदा , जनताले आश गरेको आधा पनि काम गरेर नदेखाउनु थियो। र अझ आफैंआफैंमा मनमुटाव गरि छरपस्ट रुपमा एकले अर्कोलाई असहयोग गरेको जनताले देखे। र बिस्तारै पार्टी लगातार फुट तिर जानू ।  त्यो समय जनताले भन्न शुरु गरे ” जुन जोगि आए पनि कानै चिरिएको । ” यो दोस्रो कारण थियो । 

तेस्रो , माओवादी नेता आफै सत्ताकृत, केन्द्रकृत , सुखकृत, सहरकृत , परिवार/आफन्त/आसेपासेकृत हुँदै जानु मुख्य कारण रह्यो जनताको मुद्दामा पहिलो पार्टी भए पनि जनताको मतमा पछिल्लो पार्टी हुँदै जानू । तेस्रो कारण रह्यो । 

तसर्थ , अझै माओवादीकै मुद्दामा देश हिडिरहेको बेला माओवादी नेता , कार्यकर्ता , माओवादीको कार्यशैलीलाई अति गहिरो समिक्षा गर्दै सुदृढीकरण गर्ने हो भने जनताले अझै बिश्वास गर्ने धेरै ठाउँ छ।