हवाई हमलामा हालसम्म १७ बालबालिकासहित ६७ को मृत्यु

तस्बिर : राेयटर्स

बैशाख ३०,काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच केही वर्षयताकै हिंसात्मक द्वन्द्व रोकिने छाँटकाँट देखिएको छैन । बुधबार पनि इजरायलले हवाई हमला जारी राख्यो भने हमासले पनि रकेट आक्रमणलाई निरन्तरता दिएको छ । संयुक्त राष्ट्रसंघले पछिल्लो द्वन्द्व ‘युद्ध’ मा नै परिणत हुन सक्ने चेतावनी दिएको छ । ‘गोलाबारी तुरुन्त बन्द गरौँ । हामी युद्धतर्फ बढ्दैछौँ,’ मध्यपूर्वको शान्ति प्रक्रियाका संयुक्त राष्ट्रका विशेष संयोजक टोर वेन्सलेन्डले ट्वीट गर्दै आग्रह गरेका छन् ।

गाजा क्षेत्रमा इजरायलले गरेको हवाई हमलामा परेर १७ जना बालबालिकासहित ६७ जनाले ज्यान गुमाइसकेका छन् भने ३ सय ८८ जना घाइते भएका छन् । इजरायलले यसमध्ये १५ जना हमासका विद्रोहीहरु रहेको दाबी गरेको छ । सोमबार यता गाजामा रहेका विद्रोहीहरुले १ हजारभन्दा बढी रकेट प्रहार गरेका छन् । यसबाट २ सयभन्दा इजरायली सर्वसाधारण घाइते भएका छन् । गत रातिमात्र तेल अभिभमा १३० वटा रकेट प्रहार भए जसले इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल नै बन्द गर्नुपरेको थियो । विद्रोहीहरुले प्रहार गरेका अधिकांश रकेटलाई इजरायलको हवाई प्रतिरक्षा प्रणाली आइरन डोमले रोक्न सफल भएको थियो । तर, केही रकेट भने तेल अभिभमा खसेको थियो । एउटा बसमा रकेट लागेर आगलागी हुँदा एक इजरायली महिलाले ज्यान गुमाएकी छिन् ।

बुधबार प्यालेस्टेनी विद्रोहीहरुले गाजाबाट एन्टीट्यांक मिसाइल प्रहार गर्दा एक इजरायली सैनिक पनि मारिएको इजराजयलको डिफेन्स फोर्स (आईडीएफ) ले जनाएको छ । घटनामा दुईजना घाइते भएका थिए ।

गाजामा इजरायलको हवाई हमला कयौँ भवनहरुका क्षति पुगेको छ । प्यालेस्टाइनका स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल–किद्राका अनुसार हवाई हमलाका पीडितमध्ये ४३ प्रतिशत महिला र बालबालिका रहेका छन् । उनले इजरायले सचेतरुपमा सर्वसाधारणको घर र आवासीय क्षेत्रलाई निशाना बनाएको आरोप लगाए ।

स्रोत : सीएनएन






Related Posts
  • मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग
  • खोटाङ सेवा समाज यूकेले खोटाङलाई ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध
  • ओखल्ढुङ्गामा स्वास्थ्यकर्मी माथि शिक्षकद्वारा दुव्र्यवहार
  • अन्तर्राष्ट्रिय झापाली समाजद्वारा २३ लाख बराबरको अक्सिजन सिलिण्डर सहित स्वस्थ्य सामग्री सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

    भोजपुरका प्रशन राईको कुवेतमा बिल्डिङबाट खसेर मृत्‍यु

    मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग

    बिजनेष

    अलमुजैनीको रमादान प्रमोशनमा चौथो चरणको भाग्यशाली विजेताको नामावली सार्वजनिक

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस