आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

तेह्रथुमका खम्बा सिङ गुरुङको कुवेतमा निधन :

परदेशी खबर २०७८ बैशाख २९, बुधबार मा प्रकाशित ( ५ साल अघि) ३२१ पाठक संख्या

बिज्ञापन (Sponsored)

 

कुवेत/ कुवेतमा एक नेपालीको निधन भएको छ । तेह्रथुमका खम्बा सिङ गुरुङको गत सोमबार उपचारको क्रममा अस्पताल निधन भएको हो । टिवि रोगका बिरामी खम्बा कुवेतमा अबैधानिक रुपमा रहेका थिए । उनलाई अस्पताल भर्ना गर्न एनआरएनए एनसीसी कुवेतले विषेश पहल गरेको थियो । अल सभाको ICU मा झन्डै दुई हप्ता बढी उपचार पछि उनको निधन भएको हो।

वैदेशिक रोजगारिको क्रममा आज भन्दा झन्डै चार बर्ष पहिले NAS कम्पनिमा आएका गुरुङ मेडिकल अनफिट भए पछि कम्पनिले नेपाल फर्क भनेर दिएको पासपोर्ट लिएर नेपाल नफर्की लुकिछिपि बसिरहेका थिए। उडान सुचारु भएमा जति सक्दो छिटो शव नेपाल पठाउने नेपाली राजदूतावास कुवेतले जनाएको छ ।