काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटाजिल्लामा आजदेखि निषेधाज्ञा लगाएको छ ।
काठमाण्डौमा आजदेखि १५ दिनसम्म निषेधाज्ञा हुने भएपछि गएरातिसम्मै काठमाण्डौबाट घरफर्कनेको घुइँचो लागेको थियो । चितवन, रुपन्देही, कैलाली र पर्सामा पनि आजैदेखि निषेधाज्ञालगाइएको छ ।
दाङ र पाल्पामा भोलिदेखि निषेधाज्ञा सुरु हुँदैछ भने बाँके, दाङ, कास्की र सुर्खेतमा यसअघिदेखि नैपूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालीकोटमा सङ्क्रमणअवस्था हेरेर ठाउँ तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना सङ्क्रमणबाट बच्न सरकारले बिना काम घर बाहिर ननिस्कन र अति आवश्यक काम परेरघरबाहिर निस्कनैपर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न तथा प्रशासनको आदेशअनुसारगर्न आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने अधिकार जिल्ला प्रशासनकार्यालयलाई दिएको छ ।
निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखानालगायत सञ्चालन गर्न पाइँदैन ।
विवाह व्रतबन्ध आयोजनाका लागि १५ जनासम्मका सहभागी ब्यानरसहितका दुईवटासम्म गाडीप्रयोग गर्न पाइनेछ । विवाह/व्रतबन्धमा सहभागी भएर अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भए चालकसहितबढीमा सात जनासम्मका लागि पालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमा अनुमतिपासका लागि निवेदन पेस गर्नुपर्नेछ ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका गाडी, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मीतथा सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अरु गाडी प्रवेशमा रोक लगाइएको छ । अत्यावश्यक सेवाजस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीयसंस्था दूरसञ्चार, इन्टरनेट, क्वरेण्टीन, आइसोलेशन, फोहर मैला व्यवस्थापनलगायत ढुवानीकासाधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ । सरकारी कार्यालयलगायत सार्वजनिक सेवाप्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी सवारी पास लिएर गाडी प्रयोग गर्नपाइने छ ।
विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडीको हकमा सम्बन्धितआयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेकोसवारी पास लिएर मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । यस्तै अन्तर्राष्ट्रिय उडानबाटविदेश जाने यात्रुको टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधै एयरपोर्ट जाने गाडीका लागि सहजीकरणगरिने प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।न्युज साभार: उज्यालो अनलाइनबाट
