आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

किन चीनका महिलाले खुवाइरहेछन् आफ्ना श्रीमान्‌लाई नपुंसक बनाउने औषधी ?

परदेशी खबर १६ बैशाख २०७८, बिहीबार ०१:४२ मा प्रकाशित ( २ साल अघि) २६४ पाठक संख्या

file photo

बैशाख १५,काठमाडौं । चीनमा  श्रीमान्‌को धोकाबाट बच्नका लागि महिलाले नयाँ तरिकाको खोजी गरेका छन् । यस्तो तरिका जसबारे थाहा पाउँदा हरेक व्यक्ति जिल खान्छन् । पार्टनरले आफूलाई धोका नदिउन् र अन्य महिलासँग नसल्किउन् भनेर महिलाले आफ्ना श्रीमान्‌लाई औषधी खुवाइरहेका छन् । यो कुनै साधारण औषधी होइन, पुरुषलाई नपुंसक बनाउने औषधी हो ।

ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार चीनमा श्रीमतीले आफ्ना श्रीमान्‌लाई गोप्य तरिकाले यस्तो औषधी खुवाइरहेका छन् जसका कारण उनीहरु नपुंसकताको शिकार हुने गर्छन् ।

ग्लोबल टाइम्सका अनुसार एक लेखमार्फत् केही चिनियाँ श्रीमतीले आफ्ना श्रीमान्‌लाई गोप्य तरिकाले डायगाइलस्टीलबेस्ट्रोल खुवाइरहेको पत्ता लागेको छ । जानकारीमा उल्लेख भए अनुसार यो औषधी एक प्रकारको सिन्थेटिक एस्ट्रोजन हो जसले पुरुषलाई इरेक्सनबाट रोक्ने गर्छ । चीनमा हालै यस्ता किस्सा कहानी सोसल मिडियामा निकै भायरल भएका छन् ।

विच्याटमा प्रकाशित एक लेखका अनुसार केही महिलाले अनलाइनमार्फत् औषधी अर्डर गरेको र गोप्य तरिकाले खानामा वा पेय पदार्थमा मिसाएर आफ्ना श्रीमान्‌लाई दिने गरेका छन् । यो औषधी खाएपछि केही धोकेबाज श्रीमान्‌ले आफ्नी श्रीमतीलाई धोका दिन बन्द गरेको पनि बताइन्छ ।

लेखमा केही महिलाको प्रतिक्रिया पनि लिइएको छ । यसमा एक महिलाले औषधीलाई प्रभावकारी बताएक छिन् । विश्व स्वास्थ्य संगठनले यो औषधीलाई कार्सिनोजनको रुपमा पहिचान गरेको छ ।

एक महिलाले भनिन्, ‘यो औषधी मैले खुवाउन सुरु गरेको दुई हप्तापछि नै असर देखिन सुरु भयो । ’ महिलाले अब उनका श्रीमान् घरमा नै बस्ने र राम्रो व्यवहार गर्ने जानकारी दिइन् ।

यद्यपि, यो लेख सोसल मिडियामा भाइरल भएपछि अनलाइन प्लेटफर्मबाट यो औषधी गायब भयो । पत्रकारले लोकप्रिय अनलाइन प्लेटफर्ममा औषधी निकै खोजे तर पाउन नसकेको बताए ।

नियाक्सिआंग मर्निङ हेराल्डका अनुसार केही स्थानमा अहिले पनि गोप्य रुपमा सेतो पाउडरको रुपमा यो औषधी बेचिँदै छ जुन गन्धहीन छ र तुरुन्त पानीमा घोलिने गर्छ । एक पसलेले एक महिनाभित्र सयभन्दा बढी ग्राहकलाई यो औषधी बेचेको दाबी गरे ।

पसलमा काम गर्नेहरुका अनुसार औषधीले सामान्य रुपमा १५ दिनमा आफ्नो असर देखाउन सुरु गर्छ । राहतको कुरा के हो भने यो औषधीको सेवन गर्न बन्द गरेको २१ दिनमा इरेक्सनको क्षमता २१ दिनमा फिर्ता हुन्छ ।

यस्तै चीनका कानूनी विशेषज्ञले यो क्रममा यदि श्रीमानलाई कुनै शारीरिक हानी भएको अवस्थामा यस्ता श्रीमतीले आपराधिक कानूनको सामना गर्न पनि तयार हुनुपर्ने चेतावनी दिएका छन् । यस्तै यस्तो प्रकारको औषधी बेच्नेहरुले पनि कारवाहीको सामना गर्नुपर्ने हुन्छ । यहाँसम्म कि उनीहरुको लाइसेन्स सम्बन्धि लाइसेन्स पनि रद्द गर्न सकिन्छ । एजेन्सी