आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

नेपालको नयाँ नक्सालाई गुगल म्यापले गर्‍यो समावेश

परदेशी खबर २०७७ चैत्र १५, आईतबार मा प्रकाशित ( ५ साल अघि) ९०८ पाठक संख्या

बिज्ञापन (Sponsored)

 

चैत्र १४,काठमाडौं । सरकारले जेठमा जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले टुक्रे धर्काले देखाएको छ ।नेपालको चुच्चे नक्सा गुगल म्यापमा समावेश भएको हो ।

भारतले अतिक्रमण गरेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सरकारले ०७७ जेठ ३१ गते सार्वजनिक गरेको थियो । उक्त नक्सा २०७७ जेठ ३१ गते संसदबाट सर्वसम्मत रुपमा पारित समेत गरिएको थियो । नेपालले नयाँ नक्सा जारी गरेपछि अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण हुनु पर्नेमा अहिलेसम्म हुन सकेको छैन । नेपालले पनि भारचसँगको सीमाविवादलाई आपसी संवाद र सहमतिबाटै हल गर्ने भनेर अहिलेसम्म अन्तर्राष्ट्रियकरण गरेको छैन ।

गुगलले नेपालको नयाँ नक्सालाई समावेश गरेपनि अहिलेसम्म अन्तर्राष्ट्रिय समुदायमा ध्यानाकर्षण नभएको यसलाई अब यसलाई अन्तर्राष्ट्रियकरण गर्न सहज हुने विश्वास लिइएको छ ।नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर रहेको उल्लेख छ । भारतले २०७६ कार्तिक १६ गते जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी–लिपुलेक पश्चिमका नेपाली भू–भाग समेत सरकारले समेटेर नयाँ नक्सा जारी गरेको हो ।