आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

सबैभन्दा ठूलो रोहिंग्या बस्तीमा भीषण आगलागी हुँदा , १५ जनाको मृत्यु, ४ सय बढी बेपत्ता

परदेशी खबर ११ चैत्र २०७७, बुधबार ०१:३६ मा प्रकाशित ( २ साल अघि) ६८१ पाठक संख्या

चैत १०,काठमाडौं। बंगलादेशमा सोमबार राती संसारकै सबैभन्दा ठूलो रोहिंग्या मुसलमानको बस्तीमा भीषण आगलागी हुँदा हज्जारौं अस्थायी घर जलेर नष्ट भएका छन् । काँकस बजार इलाकाको बालुखाली शिविरमा भीषण आगलागी भएको हो । केहीबेरमा सो आगलागी निकै ठूलो क्षेत्रमा फैलिएको थियो । आगलागीमा परेर कम्तिमा १५ जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।

शरणार्थी शिविरका अस्थायी आवास टेन्ट, प्लाष्टिक र मोटा पोलिथिन शीटबाट निर्माण भएका थिए । प्लाष्टिकका सामानबाट अस्थायी आवास बनेकोले पनि आगलागी फैलिन सहयोग पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघका शरणार्थी एजेन्सीका प्रवक्ता लुइस डोनोवानका अनुसार भीषण आगलागीको खबर पाउने वित्तिकै उद्धारकर्मीहरुको ठूलो पंक्ति सक्रिय भएको थियो र उनीहरुले धेरैजनाको ज्यान बचाउन सफल भएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार आगलागीमा परेर कयौं शरणार्थीहरु जलेर मारिएको आशंका गरिएको छ । एजेन्सी