आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

८१ औँ पाकिस्तान दिवस मंगलबार मनाइयो

परदेशी खबर २०७७ चैत्र ११, बुधबार मा प्रकाशित ( ५ साल अघि) ७४८ पाठक संख्या

बिज्ञापन (Sponsored)

चैत १०,काठमाडौं । पाकिस्तानमा मङ्गलबार ८१ औँ पाकिस्तान दिवस मनाइएको छ । परम्परागत रूपमा मनाइँदै आएको एक दिनलाई उन्मुक्तिको दिवस र गणतन्त्र दिवसको रूपमा समेत मनाउने गरिएको छ । पाकिस्तानमा हरेक वर्षको मार्च २३ तारिखका दिन विषेश महत्वका साथ यो दिवस मनाउने गरिएको छ ।

स्वतन्त्र मुस्लिम राज्यका लागि भएको सङ्घर्षले सन् १९४० को मार्च २३ तारिखका दिन सफलता पाएकाले यस दिनलाई पाकिस्तान दिवसको रूपमा मनाउने गरिएको हो । दिवसका अवसरमा राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले छुट्टाछुट्टै शुभकामना सन्देश प्रकाशित गरी पाकिस्तानी नागरिकको सुख, समृद्धि र सुस्वास्थ्य कामना गरेका छन् ।

देशलाई राम्रो कल्याणकारी राज्यको रूपमा स्थापित गर्नका लागि राज्यका सबै निकायलाई जनताले र जनतालाई राज्यका निकायहरूले अझ सहयोग गर्नु पर्नेमा उनीहरूले जोड दिएका छन् । सबैका बीचमा सहकार्यलाई पनि उत्तिकै बलियो बनाएर लैजान राष्ट्रपति र प्रधानमन्त्री दुवैले सबैलाई आह्वान पनि गरेका छन् ।

दिवसका अवसरमा राजधानीमा सैनिक प्रदर्शनी पनि गरिएको थियो भने विभिन्न निकाय र सङ्घसंस्थाले विभिन्न कार्यक्रमहरू आयोजना गरेका थिए ।एजेन्सी