आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कोरियामा औद्योगिक दुर्घटनामा परि एक नेपालीको ज्यान गयाे

परदेशी खबर २०७७ फागुन २८, शुक्रबार मा प्रकाशित ( ५ साल अघि) ५८६ पाठक संख्या

बिज्ञापन (Sponsored)

काठमाण्डाै – दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परि एक नेपालीको ज्यान गएको छ ।

बाग्लुङ गलकोट नगरपालिका-११ घर भएका र अहिले कोरियाको थेगु सहरमा राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परि गएकाे सोमवार ज्यान गएको हो ।

घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गर्नुभएको हो । दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमवार साँझ करिब ६ बजे लडेका थिए । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

अहिले उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घका अध्यक्ष पुनले बताउनुभयो । यो खबर उज्यालो अन्लाइनले प्रकाशित गरेका छन ।