खुले उत्तरी नाका

फागुन २७,काठमाडाैं – ल्होसारका कारण बन्द भएको चिनियाँ नाका पुनः सञ्चालनमा आएको छ। नाका सञ्चालन भएसँगै दैनिकरूपमा आयातसमेत बढ्दै छ। नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन्।

पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माण सामग्री तथा तयारी पोशाक भित्रिने गरेका छन्। कोरोना तथा चिनियाँ पक्षको अवरोधका कारण लामो समय नाका बन्द भएका थिए।

चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिक सात कन्टेनर सामग्री आयात हुँदै आएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए। पछिल्लो समय रसुवागढी नाकाबाट उल्लेख्य मात्रामा जलविद्युतका लागि आवश्यक सामग्री आएको उनले बताए।

पछिल्ला केही दिनयता उल्लेख्यरूपमा आयात भए पनि साविकमा जस्तो सहज भने नभएको उनको भनाइ छ। चिनियाँ पक्षको अवरोधका कारण आयातमा सहज नभएको उनी बताउछँन्। कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फीरूपमा सञ्चालनमा आएको हो ।






Related Posts
  • तमू समाज युएईको १२ औं महाधिवेशन सम्पन्न,अध्यक्षमा नन्द जङ्ग गुरुङ सर्वसम्मत चयन
  • लक्ष्मी गिरि एनआरएनए बहराइनको अध्यक्षमा पुन: निर्वाचित
  • राणाद्वाज लामालाई अध्यक्षमा चयन गर्दै एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न
  • ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन ( फोटो फिचर)
  • पछिल्ला सम्प्रेसणहरु

    वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

    केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

    टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

    बिजनेष

    ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस