युग लामा/ कुवेत – कुवेतमा पछिल्लो चरनमा लगातार बढी रहेको कोरोना भाईरस नियन्त्रनको लागि आज आइतबारबाट देश भर लागु हुने गरी साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म १२ घण्टा कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्यु आदेश उल्लघंन गर्ने बिदेशीहरुलाई देश निकाला गरिने अरब टाइम्स कुवेतले जनाएको छ । कर्फ्यु १ महिना अप्रिल ८ मा अन्त्य हुनेछ ।
आजै आइतबार देखि अहिले बन्द अवस्थामा रहेको शैलुन तथा जिमखानालाई भने स्वास्थ्य मापदन्ड पालना गरि खोल्न अनुमती दिएको छ ।
ट्याक्सी २ जना भन्दा बढी र सार्वजनिक बसमा ३० % भन्दा बढी यात्रीहरु सवार गर्न पाइने छैन । सार्वजनिक पार्क तथा गार्डेनहरु बन्द हुनेछन । ठुला मल तथा शपिङ सेन्टरहरु बिहान ७ बजे देखि दिउसो ४ बजेसम्म खुल्ला रहने छ । रेस्टुरेन्ट तथा होटेलहरुले टेक वे मात्र सर्भिस गर्न पाउछ भने बैंकहरु २ बजेसम्म खुल्ला हुनेछ ।
कुवेत सरकारले दोश्रो पटक कोरोना भाईरस नियन्त्रनको लागि देश निकाला, जरिवाना जस्ता कडा कदमहरु चालेको छ । यस अघिको बैठकले सामाजिक दुरी पालना नगरि भेलागत रुपमा भेटे तीन महिना जेल र पाँच हजार केडी जरिवाना लाउने क्याबिनेटको निर्णय गरेका थिए ।
