आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

दोभान बजारमा आगलागी : ४० घर जलेर नष्ट

परदेशी खबर २०७७ फागुन १८, मंगलबार मा प्रकाशित ( ५ साल अघि) २५० पाठक संख्या

बिज्ञापन (Sponsored)

ताप्लेजुङ : ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ४० घर जलेर पूरै नष्ट भएका छन्। मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा अहिले पनि आगलागी भइरहेको छ।

बिहान ९ बजे भोला पौडेलका घरबाट विद्युत् सर्ट आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए। ४० घरमा रहेका करिब ८० वटा पसल जलेका छन्। उनले फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको बताए। यु खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।