भारतीय कुखुराको अवैध आयातले नेपाली व्यवसायीलाई मर्का : बाँकेमा मात्र ६ महिनामा ९ सय कुखुरा नष्ट

फागुन ८,काठमाडौँ । भारतबाट अवैध रूपमा हुने कुखुरा, माछा, मासु र अण्डा तस्करी हुुँदा नेपाली व्यवसायी मर्कामा परेका छन् । भारतबाट सरकारले स्थल मार्ग हुँदै नेपालमा पशुपंक्षीजन्य वस्तु आयातमा प्रतिबन्ध लगाएको छ । तर खुला सीमाका कारण भारतबाट भने कुखुरा र माछामासु भने आयात भइरहेको छ ।

पशु क्वारेनटाईन नेपालगन्ज बाँकेका वरिष्ठ पशु चिकित्सक डा.भक्त निउरेका अनुसार नेपालमा कुखुराको उत्पादन घटेर मासुको मूल्य बढ्दा बिचौलियाहरूले मौका छोपी लुकिछिपी कुखुरा तथा माछा, मासु आयात गर्ने गर्छन । उनले भने,‘भारतमा कुखुरा, अण्डा, माछामासुको मूल्य नेपालमा भन्दा सस्तो पर्ने भएकोले बढी मुनाफा कमाउनको लागि भारतीय कुखुरा नेपाल ल्याउने गरेको पाइएको छ ।’

ad
कोरोनका कारण सीमा नाका भएर नेपाल–भारत आउजाउ गर्न कडाई गरिएपनि दिनहुँ कुखुरा तथा मासु आयात हुँदा नेपाली व्यवसायीहरू मर्कामा परेका छन ।कैलालीका कुखुरा किसान तथा व्यवसायी पहल देउवाले भारतबाट लुकाई छिपाई हुने आयातले व्यवसायी र किसान दुबै समस्या भएको बताए ।

‘भारतमा बर्डफ्लू देखा परेको समयमा यसरी अवैध आयात बढ्नु अझ उच्च जोखिम हुन्छ,’ देउवाले भने,‘जति नाकामा कडाइ हुनु पर्दथ्यो त्यति भएको देखिंदैन। कडाइ भएको भए भारतमा उत्पादन हुने कुखुरा र चल्ला सिमावारि नेपालतिर भेटिँदैन थियो होला । भारतीयसंग मिलेर कतिपय वारिपारि गर्ने नेपालीले कुखुरा, चल्ला, अण्डा ल्याउने गरेका छन । खै के कसरी कडाइ गरियो भन्ने ?’कोरोना कहरका बेला सरकारले लकडाउन शुरु गरेको बेला जस्तै सीमामा कुखुरा र माछा, मासुजन्य वस्तुको अवैध आयात रोक्नु पर्ने उनले माग गरे ।

यता पशु क्वारेनटाइन नेपालगन्जका वरिष्ठ पशु चिकित्सक डा. निउरेले भारतीय पक्षीजन्य वस्तु आयात रोक्न आफूहरू क्रियाशील रहेको दाबी गरेका छन ।सम्भावित चोरी निकासी हुने क्षेत्रमा समेत पुगेर सुरक्षाकर्मीले दिनहुँ निगरानी गरिरहेको बताउँदै भने,बताउँदै भने,‘सिमाना वारिसम्म अवैध रुपमा ल्याइएका कुखुरा, चल्ला र अण्डा सुरक्षाकर्मीले नष्ट गरिरहेकै छन ।’

भारतबाट आयात गर्न प्रतिबन्ध गरिएको र बर्डफ्लुका कारण सुरक्षा निकायको गतिविधि बढेका कारण तथ्याकंमा वृद्धि भएको उनले बताए । पछिल्लो समय दैनिक २० देखि २५ ओटा कुखुरा सीमामा नष्ट गर्ने गरिएको बताइन्छ । धेरै ठुलो खुल्ला नाका भएका कारण अवैध आयात रोक्न नसकिएको उनको तर्क छ ।
‘हामीले सबै अवैध आयातमा रोक्न सक्दैनौँ’ उनले भने,‘आम उपभोक्तालाई क्वारेनटाइनको महत्व बुझाउन जरुरी छ । अवैध रूपमा ल्याउँदा मानिसको स्वास्थ्यमा कस्तो असर पर्न सक्छ ? आम मानिसमा जनचेतना जगाउन आवश्यक छ ।’

यस वर्षदेखि जनचेतना दिलाउने कार्यक्रम संचालन गर्ने कार्यालयले योजना बनाएको निउरेले सुनाए । कक्षा ९ र १० का विद्यार्थीलाई समेत कुखुरा, अण्डा, माछामासु अवैध रुपमा ल्याईंदा जनस्वास्थ्यमा पर्ने असरबारे विद्यालयमै पुगेर जानकारी दिन शुरु गरिएको बताए । आगामी वर्षदेखि अवैध आयातमा कमी आउने पशु क्वारेन्टाइन कार्यालयले आंकलन गरेको छ ।

कति नष्ट गरियो अवैध आयात ?
पशु क्वारेनटाइन कार्यालय नेपालगन्जले चालू आर्थिक वर्षको हालसम्म १६ सय केजी बोइलरको मासु तथा १५ सय ८५ केजी माछा नष्ट गरेको छ । वरिष्ठ पशु चिकित्सक डा. निउरेका अनुसार चालू आर्थिक वर्षको साउनदेखि यही फागुन ७ गतेसम्म अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा सुरक्षाकर्मीकै नियन्त्रणमा लिएका १६ सय केजी मासु तथा १५ सय ८५ केजी माछा नष्ट गरेको हो ।

यस्तै यो अवधिमा कुखुराको चल्ला ४००, बोइलर कुखुरा ९०६ तथा स्वास्थ्य प्रमाणपत्र विना ओसारपसार ३३८ ओटा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
जनपद प्रहरी र सशस्त्र प्रहरीले समातेपछि पशु क्वारेनटाइनमा बुझाइन्छ र क्वारेनटाइनले नष्ट गर्ने गर्दछ । कुखुरा, अण्डा तथा मासुसँगै बरामद भएको मोटरसाइकल, साइकल, गाडीलाई भन्सार विभागमा बुझाइन्छ भने मान्छेलाई उसको कसुर हेरेर १० हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने गरिएको उनले बताए ।

अवैध रूपमा पक्षीजन्य वस्तु ल्याउनेलाई कारबाही गरेर पशु क्वारेनटाइन कार्यालयले ३ लाख २५ हजार राजश्व संकलन गरेको छ । हाल नेपालमा पोलट्री क्षेत्रमा १ खर्व २५ अर्ब तथा माछा पालनमा ११ अर्ब बढीको लगानी छ । नेपालमा उत्पादनमा आत्मनिर्भर भएको पोलट्री क्षेत्रमा कच्चापदार्थ भने आयात गर्नुपर्ने अवस्था छ । हलो खबर बाट साभार






Related Posts
  • सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाँदै
  • कतारले श्रम कानुनको जानकारी ह्वाट्एपबाटै नै उपलव्ध गराउँदै
  • भाले जुधाइमा मारिए मालिक
  • कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
  • पछिल्ला सम्प्रेसणहरु

    वार्तापछि नवलपुरबाट पहिलो पटक सार्वजनिक भए विप्लव

    कुवेतमा आइतबार देखि लागु हुने गरि साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी

    सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाँदै

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस