कुवेतमा २०२० मा नेपाली ३० पुरुष र १८ महिलाले ज्यान गुमाए

नैनकला राई/ फेब्रुवरी ६, कुवेत l वैदेशिक रोजगारीमा गएका मध्ये सन् २०२० मा कुवेतमा ४८ जना नेपालीले ज्यान गुमाएका छन् जसमा ३० पुरुष र १८ महिला छन् जुन गत बर्ष २०१९ मा ४२ जना नेपालीको मृत्यु भएको थियl l कुवेतस्थित नेपाली दूतावासका अनुसार यस मध्ये कोरोना महामारीका कारण मृत्यु हुने कामदारहरुको संख्या १० जना रहेको छ ।

कुवेतस्थित नेपाली दूतावासको तथ्यांक अनुसार कुवेतमा विभिन्न पेशामा कार्यरत नेपालीहरुको अनुमानित संख्या ६५ हजारको हाराहारीमा रहेका छन् भने अवैधानिक भएर बस्नेको संख्या करिव ७ हजार रहेको अनुमान गरिएको छ l त्यस्तै विभिन्न कारणले कुवेतमा जेलमा रहेका नेपालीको संख्या २ जना महिला र ५६ जना पुरुष गरेर ५८ जना रहेकोमा अधिक संख्या मदिराको कारोबारको कारणले गर्दा जेल परेको श्रोतले जनाएको छ l

कोरोनको महामारीले कुवेत पनि अछुतो रहन सकेन र केहि हदसम्म भएपनि त्यसको नियन्त्रणको लागि टेवा पुर्याउने हेतुमा पछिल्लो समयमा विभिन्न समस्याले गर्दा अबैधानिकरुपमा बस्दै आएका विभिन्न देशका नागरिकलाई लागेको जरिवाना मिनाहा गरेर  ११ जुन २०२० देखि ५ जुलाई २०२० सम्म कुवेत सरकारको खर्चमा नेपाल फर्किने अवसर प्रदान गरेको थियो जसको लाभ लिदै १६७९ पुरुष , १३४५ महिला र  १८ जना बालबालिका गरि जम्मा ३०४२ जना  नेपाल फिर्ता गएका थिए l

महामारीको कारण रोजगारि गुमाएर , कार्य अबधि सकेर वा बिशेष कारणले नेपाल जान चाहने आफ्नै खर्चमा दूतावासमा नाम टिपाइ प्लेन चार्टट गरेर जानेहरु ६१८३ जना थिए । यो  अबधि जुन २०२० देखि २ अक्टुवर सम्म चलेको थियो । त्यस पछि दोस्रोपटक पनि ५ अक्टुवरमा १४८ जना कुवेत सरकारको सहयोगम नेपाल पठाइएको थियो भने ३० जना जति दूतावासको पहल साथै कुवेतमा रहेका विभिन्न मानवीय संघसंस्था र केहि एरलाइन्सको सहयोगमा उद्दार गरि नेपाल पठाइएको छ ।  त्यसै गरि कोरोना महामारी चलेको समयमा गैर आवासीय नेपाली संघ कुवेले विभिन्न संघ संस्था र ब्यक्तीसंग सहकार्य गरि पटक पटक गरेर २०००० बीस हजार जना पिडितहरुलाई राहत बाडेको थियो । पछिल्लो समयमा कोरोनाको कारण नहकुरी गुमेकहरु र घर जानलाइ समस्या भएकाहरुलाइ पिसिआर टेस्ट र प्लेन भाडा सहित काठमाण्डौबाट घरसम्म जाने खर्च उपलब्ध गराएर हाल सम्म १८ जनाको उद्दार गरि सकेको छ साथै उद्दार गर्ने प्रक्रियामा अरु थप केहि पिडितहरु रहेको र प्रक्रिया पुरा गराई चाडै नेपाल पठाउने श्रोतले जानकारी गराएका छन् l

 






Related Posts
  • संसद पुनर्स्थापनापछि प्रधानमन्त्री झन् बलियो भएको सुवास नेम्वाङको दाबी
  • भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने- अख्तियार प्रमुख
  • प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसद रहेको प्रमुख सचेतक भट्टराईको दाबी
  • युवा समितिको ७१ जिल्लामा अध्यक्ष चयन
  • पछिल्ला सम्प्रेसणहरु

    बिहेघरमा आक्रमणपछि लुटपाट : बेहुलीका बुवासहित चार घाइते

    पर्वतको श्री जन विकास मा.वि.का बिद्यार्थीहरुलाई बेल्जियम निवासी उमा गुरुङ द्वारा स्वीटर वितरण

    संसद पुनर्स्थापनापछि प्रधानमन्त्री झन् बलियो भएको सुवास नेम्वाङको दाबी

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस