आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

नेपालमा ‘कोभिसिल्डु’ कोभिडको खोप प्रयोग गर्न अनुमति दियो सरकारले

परदेशी खबर २०७७ माघ २, शुक्रबार मा प्रकाशित ( ५ साल अघि) ४६९ पाठक संख्या

बिज्ञापन (Sponsored)

माघ २,काठमाडौं/ सरकारले कोभिड विरुद्धको खोप प्रयोग गर्नलाई भारतीय कम्पनी सिरम इन्स्च्युटलाई तत्कालको लागि प्रयोग अनुमति दिएको छ। ‘कोभिसिल्ड’ खोपको आपतकालीन प्रयोगका लागि आज बसेको बैठकले उत्पादक कम्पनीलाई अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ।

भारतबाट आयात गर्नको लागि सहज वातावरण निर्माण गरिएको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए। उनले भने,’ अहिले गरेको निर्णयले प्रि अर्डर गर्न मिल्छ। नेपाल भित्रका निजी तथा सरकारी औषधि कम्पनीलाई खोप आयात गर्न सहज हुने भएको छ।’

कम्पनीले नेपालमा खोप प्रयोगको लागि अनुमति प्राप्त गरेको केसीको भनाई छ। अनुमति पाए पनि कति थान ल्याउने भन्ने बारे एकिन जानकारी नभएको उनले बताए।