आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कुवेतमा एक नेपाली सम्पर्क बिहिन , खोजिदिन परिवारद्वारा दुतावासमा अपिल

परदेशी खबर २०७७ पौष २२, बुधबार मा प्रकाशित ( ५ साल अघि) ४५९ पाठक संख्या


परदेशी खबर/६ जनवरी। सप्तरी जिल्ला घर भई घर भई ८ बर्ष देखि कुवेतमा काम गर्दै आएका लक्ष्मी शाह नाम गरेको नेपाली गत नोभेम्बर देखि सम्पर्क बिहिनको स्थितिमा रहेको छ। शाहका परिवार द्वारा कुवेत स्थित नेपाली दुतावासमा खोजि पहल गर्न अपिल गरेको छ।

बिज्ञापन (Sponsored)

कुवेतको अल सामसियामा कम्पनीमा कार्यरत शाह कामबाट फार्वानिया स्थित कम्पनीको आवासमा आएर पनि तरकारी किन्न १९ नोभेम्बर साँझ निस्केको जानकारी सँगै बस्ने सहकर्मीले दिएको छ। तरकारी किन्न निस्केका लक्ष्मी शाहको फोनमा बिहान ६ बजे सम्म फोन लागे पनि त्यसपछि फोन रहेको सँगै रहेका सहकर्मी भागवत शाहले बताए। २ बजे बिहान काममा जानु पर्ने शाह सम्पर्क बिहिन भएको कारण कामपनि जानकारी गरेका थिए।

अहिलेको अवस्थामा सम्म पनि सम्पर्कमा नआएका शाहको स्थिति बुझिदिन नेपालबाट नेपाली दुतावास कुवेतलाई अपिल गरेको छ। कुवेत स्थित नेपाली दुतावासले शाह कार्यरत कम्पनीमा शाहको स्थिति सार्वजनिक गर्न ताकेता गरेको जनाएको छ भने दुतावासले पनि अस्पातलहरुमा तथा स्थानीय प्रहरीमा जानकारी लिने काम गरिरहेको जानकारी नेपाली दुतावास कुवेतले दिएको छ।