साउदी अरेबियामा महिला अधिकारकर्मीलाई जेल सजाय

File photo

परदेशी खबर / २९ डिसेम्बर । साउदी अरेबियाका महिला अधिकारकर्मी लुजेन अल हथलोललाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको छ ।

साउदी अरेबियामा महिलाले पनि सवारीसाधन चलाउनुपर्छ भन्ने पक्षमा वकालत गर्ने महिला अधिकारकर्मी मध्येकी एक लुजेन अल हथलोल महिलाको अधिकारको विषयमा आवाज उठाउँदै आएकी थिईन् । २०१८ मा लुजेन र उनका धेरै अन्य सहयोगीहरुलाई साउदी अरेबियासँग शत्रुता राखने संगठनसँग सम्पर्क गरेको आरोपमा हिरासतमा लिइएको थियो र पछिल्लो अढाई वर्षदेखि कडा सुरक्षाको बीच जेलमा रहेकी छिन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार समुहहरुले उनको रिहाइको माग गर्दै आएका छन् । यद्यपि सोमबार आतंकवादको मामिलामा सुनुवाइको लागि बनाइएको मुलुकको विशेष आपराधिक न्यायालयले लुजेनलाई राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गरेको र विदेशी एजेन्डालाई अघि बढाएकोलगायतका अन्य आरोपमा दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

लुजेनको परिवारले भने उनीमाथि लागेको सबै आरोप अस्वीकार गरेका छन् । उनीहरुले जेलमा लुजेनलाई यातना दिइएको आरोप पनि लगाएका छन् । परिवारका अनुसार हिरासतमा लिएको तीन महिनासम्म उनलाई परिवारसँग भेट्न दिइएको थिएन । उनलाई बिजुलीको झड्का दिइएको, कोर्रा लगाइएको र उनको यौन शोषण पनि गरिएको परिवारको आरोप छ । लुजेनलाई आफूलाई यातना नदिइएको बताएमा जेलबाट बाहिर निकालिने भन्दै दबाब दिने प्रयास गरेको पनि परिवारको आरोप छ ।

सन् २०१८ मा साउदी अरेबियाले महिलालाई सवारीसाधन चलाउने अधिकार दिएको थियो । तर, त्यसभन्दा केही साता पहिला नै लुजेनलाई पक्राउ गरिएको थियो । यद्यपि साउदी अरेबियाका अधिकारीहरुले भने लुजेनको पक्राउमा उनले उठाएको मुद्दाको कुनै सम्बन्ध नरहेको बताएका छन् ।






Related Posts
  • निद्रा नलाग्ने समस्या छ भने यी पाँच फलफूल तथा खाना खानुहोस्
  • मुस्कान खातुनलाई राष्ट्रपतिले दिइन् बधाई
  • सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाँदै
  • कतारले श्रम कानुनको जानकारी ह्वाट्एपबाटै नै उपलव्ध गराउँदै
  • पछिल्ला सम्प्रेसणहरु

    नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा फैसला

    कुवेतमा आज साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म १२ घन्टे कर्फ्यु, उल्लघंन गरे देश निकाला

    निद्रा नलाग्ने समस्या छ भने यी पाँच फलफूल तथा खाना खानुहोस्

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस