आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा डेभ वाटमोर

परदेशी खबर २ पुष २०७७, बिहीबार १८:३५ मा प्रकाशित ( ३ साल अघि) ४३० पाठक संख्या

काठमान्डौ २,पौष। डेभ वाटमोर आफ्नो समयका उम्दा खेलाडी हुन्। राइट ह्यान्डेड ब्याट्सम्यान वाटमोरले अस्ट्रेलियाबाट सात टेस्ट, एक एकदिवसीय, १०८ फस्ट क्लास र २६ लिष्ट ए क्रिकेट खेलेका छन्।

२००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक भएर पनि काम गरे। बंगलादेशको क्रिकेटलाई विश्व जगतमा चिनाउन उनको भूमिका महत्वपूर्ण मानिन्छ।

एक समय भारतीय क्रिकेट टिमको प्रशिक्षकको रुपमा चर्चा गरिएका वाटमोरले भारतको यु–१९ राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी पनि सम्हालेका छन्। २००८ मा विराट कोहलीको कप्तानीमा भारतले यु–१९ विश्वकपको उपाधि जित्दा प्रशिक्षकमा उनै वाटमोर थिए। त्यसका साथै भारतको राष्ट्रिय क्रिकेट एकेडेमीको डाइरेक्टर भएर पनि उनले काम गरे।

यस्तै उनले इन्डियन प्रिमियर लिग आइपिएलमा कोलकाता नाइट राइडर्सको प्रशिक्षकको रुपमा पनि काम गरे।

उनी २०१२ मा पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बने। उनकै प्रशिक्षणमा पाकिस्तानले एसिया कपको उपाधि समेत जितेको थियो। उनी २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक भूमिकामा रहे।

पाकिस्तानपछि २०१४ को डिसेम्बरमा वाटमोर जिम्बाब्वेको प्रशिक्षक बने। जिम्बाब्वेसँग ९ महिनाको सम्झौता बाँकी रहँदै बर्खास्त भएका वाटमोर त्यसपछि २०१७ मा केरला क्रिकेट एसोसिएसनको मुख्य प्रशिक्षक बने।