आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

२९ गते सरकारविरुद्ध सडकमा उत्रिन कार्यकर्तालाई कांग्रेसको आह्वान

परदेशी खबर २०७७ मंसिर २५, बिहिबार मा प्रकाशित ( ५ साल अघि) २७० पाठक संख्या

बिज्ञापन (Sponsored)

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध सडकमा उत्रिन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । ७७ जिल्लाको प्रदर्शनमा पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई प्रदर्शनमा सहभागी हुन अपील गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको धरपडक, मोरङमा बर्बर ढंगले शिक्षक हत्याको विरोध र कोरोना भाइरस (कोभिड-१९) स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको तयारी छ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकमा जिल्लाहरूमा हुने प्रदर्शनको तयारीबारे छलफल भएको थियो। बैठकमा कृयाशिल सदस्य एवं जनसम्पर्क समितिबारे पनि जरुरी छलफल‍ भएको प्रवक्ता शर्माले बताए। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।