हालसम्म नेपालमा ९२ प्रतिशत कोरोना संक्रमणमुक्त

मंसिर १२, काठमाडौं / नेपालमा हालसम्म कोरोना संक्रमित भएकामध्ये करिब ९२ प्रतिशत निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अद्यावधिक गरेको विवरणअनुसार ९१.९ प्रतिशत संक्रमणमुक्त भएका हुन्।

पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएपछि कुल संक्रमणमुक्त हुनेको संख्या संख्या करिब ९२ प्रतिशत पुगेको हो। योसँगै नेपालमा २ लाख १० हजार ६ सय ७१ जना संक्रमित उपचारपछि निको भएका छन्।

हालसम्म नेपालमा २ लाख २९ हजार ३४३ जनामा संक्रमण भेटिएको छ। आज मन्त्रालयका अनुसार १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख १० हजार ४ सय ६० जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ सय १ जना क्वारेन्टाइनमा छन्। नेपालमा १७ हजार २ सय ३७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। rss






Related Posts
  • संसद पुनर्स्थापनापछि प्रधानमन्त्री झन् बलियो भएको सुवास नेम्वाङको दाबी
  • भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने- अख्तियार प्रमुख
  • प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसद रहेको प्रमुख सचेतक भट्टराईको दाबी
  • युवा समितिको ७१ जिल्लामा अध्यक्ष चयन
  • पछिल्ला सम्प्रेसणहरु

    बिहेघरमा आक्रमणपछि लुटपाट : बेहुलीका बुवासहित चार घाइते

    पर्वतको श्री जन विकास मा.वि.का बिद्यार्थीहरुलाई बेल्जियम निवासी उमा गुरुङ द्वारा स्वीटर वितरण

    संसद पुनर्स्थापनापछि प्रधानमन्त्री झन् बलियो भएको सुवास नेम्वाङको दाबी

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस