राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेट खेलाडीमा कोरोना संक्रमण


मङ्सिर १०,काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेट खेलाडीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र बसन्त रेग्मीलाई कोरोना संक्रमण देखिएको हो।

लामो समय ठप्प रहेको नेपाली क्रिकेटको बन्द परीक्षण सुरु गर्न खेलाडीहरु र प्रशिक्षक जगत टमाटाको कोरोना परीक्षणका लागि मंगलबार स्वाब संकलन गरिएको थियो। जसमा कप्तान मल्ल, उपकप्तान ऐरी र पौडेललाई कोरोना संक्रमण देखिएको हो। बसन्त रेग्मी भने भैरहवामा रहँदै संक्रमित भएका हुन्।

यसैगरी सुवास खकुरेल, सन्दीप लामिछाने, शरद भेषावकर र करण केसीको भने कोरोना परीक्षण हुन बाँकी नै छ। उनीहरु बन्द परीक्षणमा रहनका लागि आइसकेका छैनन्। बन्द परीक्षणमा रहन कोरोना परीक्षण गराएका अरु सबै खेलाडीको कोरोना नेगेटिभ देखिएको छ।

कप्तान मल्लले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत जानकारी पनि दिएका छन्। आफूले सुरक्षाका उपाय अपनाउँदा अपनाउँदै संक्रमित भएको भन्दै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन्।

आफूलाई अहिलेसम्म कुनै पनि लक्षण नदेखिएको भन्दै उनले लेखेका छन्– ‘अहिलेसम्म मलाई कुनै लक्षण छैन, केही दिन सेल्फ आइसोलेसनमा हुनेछु। कोरोनालाई सामान्य रुपमा नलिनु होला।’






Related Posts
  • कांग्रेस भात्री संघ निती,अनुसन्धान तथा प्रतिष्ठान कुवेत प्रमुखमा राई नियुक्त
  • पर्वत जिल्लामा स्थापित श्री देवनारायण अक्षयकोष द्वारा समाजसेवी दुर्गा गुरुङ मिलनलाई सम्मान
  • निद्रा नलाग्ने समस्या छ भने यी पाँच फलफूल तथा खाना खानुहोस्
  • मुस्कान खातुनलाई राष्ट्रपतिले दिइन् बधाई
  • पछिल्ला सम्प्रेसणहरु

    कांग्रेस भात्री संघ निती,अनुसन्धान तथा प्रतिष्ठान कुवेत प्रमुखमा राई नियुक्त

    पर्वत जिल्लामा स्थापित श्री देवनारायण अक्षयकोष द्वारा समाजसेवी दुर्गा गुरुङ मिलनलाई सम्मान

    कुवेतमा एक नेपाली महीलाको निधन

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस