वैदेशिक रोजगारको बीमा र कल्याणकारी कोषको शुल्क अनलाइनबाटै तिर्न सकिने

मंसिर १०,काठमाडौं । अब अनलाइनबाटै वैदेशिक रोजगार कल्याणकारी कोष तथा बीमा शुल्क तिर्न सकिने भएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली अन्तर्गत श्रम स्वीकृति तथा नवीकरणका लागि लाग्ने शूल्क अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाइएको हो ।

अनलाइनबाटै बीमाको शूल्क तिर्ने व्यवस्थाका लागि सन लाइफ इन्स्योरेन्सले ईसेवासँग सहकार्य गरेको छ । वैदेशिक रोजगारमा जान चाहनेले अब ईसेवाबाटै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

हाललाई ईसेवाको वेबसाइटमा मात्र रहेको यो सेवा बुधबारदेखि नै एन्ड्रोइड एपमा समेत उपलब्ध हुने ईसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले जानकारी दिए । उनले अगाडि भने, ‘आईओएसमा भने बिहीबारसम्मको समय लाग्न सक्छ ।’

ईसेवाबाटै बीमा शूल्क भुक्तानी गर्न चाहनेले अंग्रेजीमा (फरेन इम्लोइमेन्ट) सर्च गर्नुपर्नेछ । जसमा सनलाइफको म्यादी बीमाको अप्सन फेला पार्न सकिनेछ । वैदेशिक रोजगार विभागका अनुसार यो सेवा सुरुवातको औपचारिक घोषणा हुन बाँकी रहेको भए पनि परीक्षण सफल भइसकेकाले सेवाग्राहीले अनलाइन भुक्तानी गर्न सक्ने भएका छन् ।

वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क भने करिब एक महिना देखि नै अनलाइन प्रणालीमा समावेश भइसकेको छ । जसअनुसार सेवाग्राहीले ईसेवा र खल्ती वालेटबाट सहजै वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।

यसका लागि ईसेवाले शिद्धार्थ बैंकसँग सहकार्य गरेको छ । कनेक्ट आईपीएसमा भने यो सेवा आउँदो सोमबारदेखि उपलब्ध हुने वेदेशिक रोजगार विभागका आईटी प्रमुख राजु महर्जनले जानकारी दिए ।

सेवाग्राहीले सम्बन्धित सेवाप्रदायकको एप तथा वेबसाइटमा गएर फरेन वेलफेयर (Foreign Welfare) सर्च गरी कल्याणकारी कोषमा रकम जम्मा गर्न सक्नेछन् । रकम जम्मा गरेसँगै तत्कालै अनलाइनमा त्यसको भौचर प्राप्त गर्न सकिनेछ ।

सेवाग्राहीले श्रम स्वीकृतिको अवधि तथा उमेर राख्दा बीमा शूल्क तथा कल्याणकारी कोषको शूल्क स्वतः देखिने बनाइएको छ । यस अघि श्रम स्वीकृति लिनका लागि सेवाग्राहीले दलाल तथा बिचौलियालाई चर्को कमिसन दिनुपर्ने बाध्यता रहेको थियो ।

बीमा शूल्क भुक्तानी गरिसकेपछि तत्कालै पोलिसी नम्बर प्राप्त हुने र पोलिसीको कागजात ईमेलमार्फत नै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । एफईआईएमएसमा अनलाइन भुक्तानी इन्ट्रिगेसन भएसँगै अब वैदेशिक रोजगारीसँग सम्बन्धित सबै सेवा अनलाइनबाट उपलब्ध गराउन संभव भएको विभागले जनाएको छ ।

विभागले विदेशमा रहेकै अवस्थामा श्रम स्वीकृतिको अवधि समाप्त भएका कामदारलाई लक्षित गर्दै अनलाइनबाट श्रम स्वीकृति तथा नवीकरण सेवा दिने योजना बनाएको छ । उनीहरुले अनलाइनबाट नवीकरण फर्म भरेर बीमा शुल्क तथा कल्याणकारी कोषको शुल्क तिर्ने सक्नेछन् ।

यसका लागि सम्बन्धित देशमा रहेका राजदूतावास तथा कुटनीतिक नियोगसँग कुराकानी भइरहेको बताइएको छ । ताहचलमा छुट्टै अनलाइन सेक्सन बनाउने र त्यहाँबाट पहिलो चरणमा विदेशमा रहेका कामदारलाई अनलाइनबाट श्रम स्वीकृति तथा नवीकरणको सेवा उपलब्ध गराइनेछ ।

प्रक्रिया पुरा गरेसँगै कार्यालयले अनलाइनबाटै श्रम स्वीकृतिको स्टिकर उपलब्ध गराउनेछ । दोस्रो चरणमा भने स्वदेश तथा विदेशमा रहेका सबै कामदारलाई श्रम स्वीकृतिको सम्पूर्ण सेवा अनलाइनबाटै उपलब्ध गराउने विभागको तयारी छ ।

प्राविधिक रुपमा विभाग तयार भए पनि श्रम र परराष्ट्र मन्त्रालयसँग समन्वयमा जानुपर्ने भएकाले यो योजना केही चुनौतिपूर्ण देखिएको छ । विभागले व्यक्तिगतसँगै संस्थागत श्रम स्वीकृति समेत चालु आर्थिक वर्षभित्रै अनलाइनमा लैजाने लक्ष्य राखेको छ ।

हाल वैदेशिक रोजगारीको माग सम्बन्धित देशमा रहेका दुतावासले प्रमाणीकरण गरेर एफईआईएमएसमा पठाउने गरेका छन् । त्यहाँबाट म्यानपावरहरुले आफ्नो लगईनमा दुतावासबाट प्रमाणीकरण भएको मागपत्र हेर्न सक्छन् र पूर्व स्वीकृतिका लागि ताहाचल स्थित वैदेशिक रोजगार विभागको कार्यालयमा फरवार्ड गर्न सक्छन् ।

त्यसै आधारमा पूर्व स्वीकृति जारी हुने र स्वतः जब पोर्टलमा पब्लिस हुने व्यवस्था मिलाइएको छ । जब पोर्टलबाट सेवाग्राहीले आफूलाई उपयुक्त रोजगारी छनौट गरी अनलाइन आवेदन दिन सक्छन् ।

त्यसै आधारमा म्यानपावरले अन्तर्वार्ता र छनौट प्रक्रिया अगाडि बढाउने गरेका छन् । अब म्यानपावरले यसैगरी अन्तिम स्वीकृतिका लागि समेत अनलाइनबाटै प्रक्रिया अगाडि बढाउन सक्ने गरी व्यवस्था मिलाइने आईटी इन्जिनियर समेत रहेका महर्जनले बताए ।
-टेकपाना






Related Posts
  • संसद पुनर्स्थापनापछि प्रधानमन्त्री झन् बलियो भएको सुवास नेम्वाङको दाबी
  • भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने- अख्तियार प्रमुख
  • प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसद रहेको प्रमुख सचेतक भट्टराईको दाबी
  • युवा समितिको ७१ जिल्लामा अध्यक्ष चयन
  • पछिल्ला सम्प्रेसणहरु

    बिहेघरमा आक्रमणपछि लुटपाट : बेहुलीका बुवासहित चार घाइते

    पर्वतको श्री जन विकास मा.वि.का बिद्यार्थीहरुलाई बेल्जियम निवासी उमा गुरुङ द्वारा स्वीटर वितरण

    संसद पुनर्स्थापनापछि प्रधानमन्त्री झन् बलियो भएको सुवास नेम्वाङको दाबी

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस