आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

भारतसँग जोडिएको सीमा-नाका खुल्ला गर्न जसपाको माग

परदेशी खबर २०७७ मंसिर ९, मंगलबार मा प्रकाशित ( ५ साल अघि) ४४६ पाठक संख्या

काठमाडौं ९,मंसिर जनता समाजवादी पार्टीका अध्यक्षद्वयले कोरोना महामारीसँगै बन्द गरिएको भारतसँग जोडिएको सीमा-नाका तत्कालै खोल्न माग गरेका छन्। जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सीमा-नाका तत्काल खुल्ला गरेर व्यवस्थित र सहज बनाउन आग्रह गरेका हुन्।

बिज्ञापन (Sponsored)

ठाकुर र यादवद्वयद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा लामो समयदेखि सीमा-नाका बन्द हुँदा तराई–मधेसका जनताको जीवन कष्टकर बनेको उल्लेख छ।

‘लम्बिएको सिमा नाका बन्दले मुलुकको अर्थतन्त्रलाई धराशायी त बनाएकै छ। सीमा क्षेत्रका बासिन्दाको जनजीवन समेत कष्टकर बनेको छ,’ विज्ञप्तिमा भनिएको छ‚ ‘सीमा बन्दले तराई–मधेसका जनताको कृषि, शिक्षा, स्वास्थ्य उपचार, रोजगार, आर्थिक, समाजिक क्षेत्रमा गम्भीर समस्या देखिएको छ। जनताको जीवन थप कष्टकर हुन नदिन सरकारले भारतसँग जोडिएको सीमा-नाकालाई तत्काल खुल्ला गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ।

जसपाका अध्यक्षद्वयले सिमा नाका बन्द गरिएपनि कोरोना भाइरस संक्रमण रोक्न सरकारको पूर्वतयारी निकै कमजोर रहेको पुष्टि भएकाले अब सीमा बन्द गर्न आवश्यक नभएको उनीहरुको तर्क छ। उनीहरुलें कोरोना संक्रमणलाई अझ फैलन नदिन योजनाबद्ध रुपमा प्रभाकारी ढंगले चिकित्सक तथा स्वास्थ्यकर्मीको जोखिम भत्ताको उपलब्धता, अस्पताल, स्वास्थ्य उपकरण, जनशक्ति र औषधिको उचित र आवश्यक व्यवस्थापन मिलाउन पनि सरकारसँग माग गरेको छ।