अक्सफोर्ड र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोपको अन्तिम चरणको मानवीय परीक्षण जारी

लण्डन,१३ कात्तिक । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको मानवीय परीक्षण निरन्तर हुने भएको छ ।

ब्राजिलमा खोपको परीक्षणात्मक डोज लिनका लागि सहमत भएका स्वयमसेवीको निधन भएपछि खोपको परीक्षणका सन्दर्भमा शंका उत्पन्न भएको थियो । स्वयमसेवीको निधनका सम्बन्धमा अनुसन्धान गरेपछि खोपको परीक्षण जारी राखिने भएको हो ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरूले खोप लिएका स्वयमसेवीको निधनका बारेमा विस्तृत विवरण सार्वजनिक गरेको छैन । गोपनीयताको कारण देखाउँदै उसले विवरण सार्वजनिक नगरेको हो ।

अक्सफोर्ड विश्वविद्यालयले ती स्वयमसेवीको निधनका सम्बन्धमा गरिएको मूल्यांकनबाट खोपको सुरक्षालाई लिएर कुनै शंका नदेखिएको बताएको छ ।

बेलायती सञ्चार संस्था बिबिसीले भने स्रोतहरूबाट आफूले पाएको जानकारी अनुसार निधन भएका स्वयमसेवीले खोप नलिएको थाहा भएको उल्लेख गरेको छ ।

परीक्षणका लागि आएका आधा स्वयमसेवीलाई मात्रै अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरसविरुद्धको वास्तविक खोप दिइएको छ । अरु आधालाई भने मेनेन्जाइटिसविरुद्धको खोप दिइएको हो ।

परीक्षणमा सहभागी वा उनीहरूका परिवारका सदस्यलाई कसलाई कुन खोप दिइएको छ भन्ने थाहा हुँदैन । दुई समूह बनाएर गरिएको परीक्षणमा कुन खोपले कस्तो काम गर्‍यो भन्ने थाहा पाउनका लागि अनुसन्धानकर्तालाई सहयोग गर्ने भएकाले सूचना गोप्य राख्ने गरिएको हो । एजेन्सी






Related Posts
  • कांग्रेस भात्री संघ निती,अनुसन्धान तथा प्रतिष्ठान कुवेत प्रमुखमा राई नियुक्त
  • पर्वत जिल्लामा स्थापित श्री देवनारायण अक्षयकोष द्वारा समाजसेवी दुर्गा गुरुङ मिलनलाई सम्मान
  • निद्रा नलाग्ने समस्या छ भने यी पाँच फलफूल तथा खाना खानुहोस्
  • मुस्कान खातुनलाई राष्ट्रपतिले दिइन् बधाई
  • पछिल्ला सम्प्रेसणहरु

    कांग्रेस भात्री संघ निती,अनुसन्धान तथा प्रतिष्ठान कुवेत प्रमुखमा राई नियुक्त

    पर्वत जिल्लामा स्थापित श्री देवनारायण अक्षयकोष द्वारा समाजसेवी दुर्गा गुरुङ मिलनलाई सम्मान

    कुवेतमा एक नेपाली महीलाको निधन

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस