आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

परदेशी खबर २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित ( ५ साल अघि) २०७ पाठक संख्या

Photo: Annapurna

२२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

बिज्ञापन (Sponsored)

थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर २६ हजार ६८४ संक्रिय संक्रमित छन् । यो खबर अनलाइन खबरले प्रकाशित गरेका छन ।