आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कुवेतका प्रधानमन्त्रीले बुझाए राजिनामा

परदेशी खबर २०७७ आश्विन २०, मंगलबार मा प्रकाशित ( ५ साल अघि) ४०१ पाठक संख्या

                               Photo: AFP

कुवेत सिटी । कुवेतका प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको कुवेती सरकारले राजिनामा दिएको छ । प्रधानमन्त्री सबाह अल खालिद अल सबाहले मंगलबार कुवेतका अमिर नवाफ अल अहमद अल जाबेर समक्ष राजीनामा बुझाएका हुन् ।आगामी नोभेम्बरमा आम चुनाव हुन लागेकाले वर्तमान सरकारले राजिनामा दिएको राज्य नियन्त्रित समाचार संस्था कुवेत न्यूज एजेन्सीले जनाएको छ ।

बिज्ञापन (Sponsored)

कुवेती अमिरले प्रधानमन्त्री र उनको सरकारले आफ्ना दायित्व अत्यन्त प्रभावकारी रुपमा सम्पन्न गरेको जनाउँदै संविधान बमोजिम आगामी निर्वाचन गराउने दायित्व पनि यही सरकारले पूरा गर्ने विश्वास व्यक्त गरे ।  कुवेतमा आगामी नोभेम्बर महिनाको अन्त्यमा आम निर्वाचन हुँदैछ । –एएनआई