आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कुवेतका राजाको ९१ वर्षको उमेरमा निधन

परदेशी खबर २०७७ आश्विन १४, बुधबार मा प्रकाशित ( ५ साल अघि) २७४ पाठक संख्या

बिज्ञापन (Sponsored)

हिजो २९ सेम्टेम्बर २०२० का दिन कुवेतका राजा सबा अल अहमद अल जाबेर अल सबाको ९१ वर्षको उमेरमा अमेरिकास्थित अस्पतालमा निधन भएको निधन भएको छ।  

लामो समय बिदेश मन्त्रीको भूमिका निभाएको सबाले सबै देशसँग राम्रो निती अंगालेका थिए । उनी सन् १९६३ देखि २००३ सम्म करिब ४० वर्ष कुवेतका विदेशमन्त्री थिए। त्यसपछि उनी प्रधानमन्त्री भए। सन् २००६ मा उनी कुवेतका अमिर बनेका थिए।

पछिल्लो समयमा सबाको स्वास्थ्यमा समस्या देखिएको थिए । उनको जुलाई २०२० मा एक शल्यक्रिया गरेको थियो । त्यस लगत्तै उनलाई अमेरिकी सैन्य विमानमा राखेर अमेरिका पुर्‍याइएको थियो। उहाको सब आज बुधवार आई पुग्ने पनि कुवेतका बिभिन्न संचार माध्यमहरुले जनाएको छ ।