आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

युएईमा कोभिड – १९ को नयाँ संक्रमित १,००७ र संक्रमित संख्या ७८,८४९ र १ जनाको मृत्यु

परदेशी खबर २०७७ भाद्र २७, शनिबार मा प्रकाशित ( ५ साल अघि) ८५६ पाठक संख्या

मानु कोन्मे तमु, युएई

बिज्ञापन (Sponsored)

सेप्टेम्बर १२- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ९५,००० जना भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नयाँ परिणाम अनुसार २०२० सेप्टेम्बर १२ तारिख शनिबार १,००७ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। यो नै अहिले सम्मकै युएईको कोरोना संक्रमित भेटिएको उच्च परिणाम हो। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट युएईमा संक्रमित हुनेहरुको संख्या ७८,८४९ जना पुगेको छ।

त्यसैगरी युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् आज ५२१ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ६८,९८३ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइ रहेका आज १ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३९९ जना पुगेको छ भने संक्रमित बिरामी भइ उपचार गराइ रहेकाको संख्या ९,४६७ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।