आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

युएईमा कोभिड – १९ को नयाँ संक्रमित २७५ र संक्रमित संख्या ६७,२८२ र १ मुत्यु

परदेशी खबर २०७७ भाद्र ८, सोमबार मा प्रकाशित ( ५ साल अघि) ३३६ पाठक संख्या

बिज्ञापन (Sponsored)

मनु कोन्मे तमु/ २४ अगस्ट। युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ७१,००० जना भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नयाँ परिणाम अनुसार २०२० अगस्ट २४ तारिख सोमबार २७५ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट युएईमा संक्रमित हुनेहरुको संख्या ६७,२८२ जना पुगेको छ।

त्यसैगरी युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् आज ९४ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ५८,५८२ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइरहेका आज १ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३७६ जना पुगेको छ भने संक्रमित बिरामी भइ उपचार गराइ रहेकाको संख्या ८,३२४ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।