आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कुवेतमा कोरोना संक्रमनबाट ८० हजार ९६० सङ्क्रमित, ४३२ नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)

परदेशी खबर २०७७ भाद्र ८, सोमबार मा प्रकाशित ( ५ साल अघि) ३४२ पाठक संख्या

कुवेतमा कोरोना संक्रमनबाट ८० हजार ९६० सङ्क्रमित, ४३२ नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)

बिज्ञापन (Sponsored)

परदेशी खबर/ २४, अगस्ट – कुवेत ।  कुवेतमा कोरोनाभाइरसबाट ४३२ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढेर ८० हजार ९६० जना पुगेको कुवेतको स्वास्थ्यमन्त्रालयले आज अगस्ट २४ तारिकमा पुष्टि गरेको छ l

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ८० हजार ९६० जना मध्ये ७ हजार ५१७ संक्रमितहरुको उपचार भैरहेको छ भने ९९ जनाको अवस्था गम्भीर साथै ६१८ थप गरि ७२ हजार ९२५ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। पछिल्लो अपडेटमा नयाँ नेपाली संक्रमितको संख्या उल्लेख गरिएको छैन। कुवेतमा अहिले सम्ममा १ महिला सहित ९ जना नेपालीको कोरोनाको कारण मृत्‍यु भएको छ ।  कुवेतमा कति नेपाली सङ्क्रमित भयो त्यो उल्लेख गरिएको छैन।  पछिल्लो २४ घण्टामा तीन जना मृत्‍यु भएको छ । कुवेतमा मृत्यु हुनेको संख्या ५१८ पुगेको छ । साथै विश्वभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ ।

विश्वब्यापीरुपमा संक्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु अस्थायीरुपमा बन्द गरेको छ भए पनि ट्याक्सिमा ३ जना प्यासेन्जर राखेर चलाएको छ । सार्वजनिक बसहरु खुलेको छ।  कर्फ्यु   पनि बेलुका ९ बजे देखि बिहान ३ बजेसम्म ३ बजे सम्म कायम गरिएको छ ।  

साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले सबै ५० %  जनशक्ती राखेर खुलाएसंगै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बिस्तारै चलपहल हुन थालेका र बन्द रहेका सहरहरु सुन्सान अवस्थामा रहेको मलहरु बिस्तारै खुल्न थालेका छन ।