आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कुवेतमा कोरोना संक्रमनबाट ७८ हजार १४५ सङ्क्रमित, ६७५ नयाँ संक्रमित, २ जनाको मृत्‍यु (अपडेट)

परदेशी खबर २०७७ भाद्र ३, बुधबार मा प्रकाशित ( ५ साल अघि) २५० पाठक संख्या

बिज्ञापन (Sponsored)

परदेशी खबर/ १९ , अगस्ट – कुवेत ।  कुवेतमा कोरोनाभाइरसबाट ६७५ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढेर ७८ हजार १४५ जना पुगेको कुवेतको स्वास्थ्यमन्त्रालयले आज अगस्ट १९ तारिकमा पुष्टि गरेको छ l

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ७८ हजार १७५ जना मध्ये ७ हजार ८६७ संक्रमितहरुको उपचार भैरहेको छ भने ९६ जनाको अवस्था गम्भीर साथै ५२८ थप गरि ६९ हजार ७७१ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। पछिल्लो अपडेटमा नयाँ नेपाली संक्रमितको संख्या उल्लेख गरिएको छैन। कुवेतमा अहिले सम्ममा १ महिला सहित ९ जना नेपालीको कोरोनाको कारण मृत्‍यु भएको छ ।  कुवेतमा कति नेपाली सङ्क्रमित भयो त्यो उल्लेख गरिएको छैन।  पछिल्लो २४ घण्टामा २ जना मृत्‍यु भएको छ । कुवेतमा मृत्यु हुनेको संख्या ५०७ पुगेको छ । साथै विश्वभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ ।

विश्वब्यापीरुपमा संक्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडान बाहेक सार्बजनिक यातायातहरुमा ५०% प्यासेन्जर र सबै कार्यालय र निजी कम्पनीहरु ५० %   कर्मचारी राखेर चलाएको छ ।  कर्फ्यु पनि बेलुका ९ बजे देखि बिहान ३ बजेसम्म कायम गरिएको छ ।  

साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बिस्तारै चलपहल हुन थालेका र बन्द रहेका सहरहरु सुन्सान अवस्थामा रहेको मलहरु बिस्तारै खुल्न थालेका छन ।