परदेशी खबर/ १०, अगस्ट – कुवेत । कुवेतमा कोरोनाभाइरसबाट ६८७ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढेर ७२ हजार ४०० जना पुगेको कुवेतको स्वास्थ्यमन्त्रालयले आज अगस्ट १० तारिकमा पुष्टि गरेको छ l
कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ७२ हजार ४०० जना मध्ये ७ हजार ८९० संक्रमितहरुको उपचार भैरहेको छ भने ११७ जनाको अवस्था गम्भीर साथै ५०९ थप गरि ६४ हजार २८ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। पछिल्लो अपडेटमा नयाँ नेपाली संक्रमितको संख्या उल्लेख गरिएको छैन। कुवेतमा अहिले सम्ममा १ महिला सहित ९ जना नेपालीको कोरोनाको कारण मृत्यु भएको छ । कुवेतमा कति नेपाली सङ्क्रमित भयो त्यो उल्लेख गरिएको छैन। पछिल्लो २४ घण्टामा ४ जना मृत्यु भएको छ । कुवेतमा मृत्यु हुनेको संख्या ४८२ पुगेको छ । साथै विश्वभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ ।
विश्वब्यापीरुपमा संक्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु अस्थायीरुपमा बन्द गरेको छ भए पनि आजबाट ट्याक्सिमा १ जना प्यासेन्जर राखेर चलाऊन पाइने भएको छ । कर्फ्यु पनि बेलुका ९ बजे देखि बिहान ३ बजेसम्म ३ बजे सम्म कायम गरिएको छ ।
साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बिस्तारै चलपहल हुन थालेका र बन्द रहेका सहरहरु सुन्सान अवस्थामा रहेको मलहरु बिस्तारै खुल्न थालेका छन ।
