आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुग्यो

परदेशी खबर २०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित ( ५ साल अघि) २२७ पाठक संख्या

बिज्ञापन (Sponsored)

काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा १ लाख ३हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी चाँदी पनि बिहीबार बढेर तोलामा १४ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । सुन र चाँदीको आज कायम मूल्य हालसम्मकै उच्च हो ।