आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

युएईमा कोभिड – १९ को नयाँ संक्रमित २३९ ,संक्रमित संख्या ६१,८४५ र संक्रमित १ जनाको मृत्यु

परदेशी खबर २०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ( ५ साल अघि) २५८ पाठक संख्या

 

बिज्ञापन (Sponsored)

मानु कोन्मे तमु – युएईको  स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए  अनुसार युएईका ५०,००० भन्दा बढी  नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम अनुसार २०२० अगस्ट ०६ तारिख बिहिवार  २३९ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ।  नयाँ भेटिएको  संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट युएईमा संक्रमित हुनेहरुको संख्या ६१,८४५ जना पुगेको छ। 

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् आज ३५४ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म  संक्रमित भएका ५५,७३९ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइरहेका आज थप १ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३५४ जना पुगेको छ भने संक्रमित बिरामी भइ उपचार गराइ रहेकाको  संख्या ५,७५२ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको  छ।