सानुको यादमा
मेरो सानू मेरो धड्कन तिमी मेरो रानी
मुस्कायर मिठो बोल्ने सधै तिम्रो बानी
हराइदिने घरीघरी लुटुपुटु गर्ने
अङ्गालोमा बेर्ने अनि खुसुखुसु गर्ने
सुम्सुमाउने जताततै टुलुटुलु हेर्दै
जुरुकजुरुक घरीघरी लामो सास फेर्दै
कति मिठो माया होला कति मिठो बोली
सम्झिराछु सानू मैले तिम्लाइ आजभोलि
पलपल तिम्रै याद तिम्रै वरिपरि
तड्पाइदिन्छ जलाइदिन्छ मुटु घरीघरी
नवलपुर नेपाल हाल कुवेत