आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

आदिवासी जनजाती महासंघ कुवेतले २६औं विश्व आदिवासी दिवस अगष्ट ७ तारिख मनाउने

परदेशी खबर २१ श्रावण २०७७, बुधबार ०६:१९ मा प्रकाशित ( ३ साल अघि) ९७२ पाठक संख्या


सुरेश गुरुङ/ अगस्ट ५, कुवेत। पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधनकाे आन्दोलन हाम्रो साझा बहस ! स्वनिर्णित विकास तथा महामारीमा बाँच्ने र बचाउने पक्षमा २६औँ विश्व आदिवासी दिवस यही आउदो अगष्ट ७ तारिख २०२०,शुक्रबार दिन स्थानिय समय अनुसार दिनको ठीक १ बजे प्रमुख अतिथी, केन्द्रिय उपाध्यक्ष तथा विदेश बिभाग प्रमुख,श्री गोबिन्द छ्न्त्याल ज्यू को साथ जुम भर्चुअल भिडियो कन्फरेन्स द्वारा २६ औ विश्व आदिवासी दिबस मनाईने जनजाति महासंघ कुवेतका महासचिव मन्जित चाम्लिङ राईले जानकारी दिएका छन।

विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस् भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले आदिवासी दिवस भब्य रुपले मनाउदै आएको छौ। यसपाली भने बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरस ले गर्दा कुनै पनि सामुहिक भेला,सभा सम्मेलन तथा भेटघाट गर्न नसकिने अवस्था भएकोले कुवेत सरकारको नियमलाई पालन गर्दै जुम भर्चुअल भिडियो कन्फरेन्स द्वारा २६ औ विश्व आदिबासी दिवस मनाउने भएको छ।

विश्व आदिवासी दिवस अगष्ट ९ तारिख परेता पनि यहाँको परिस्थिति अनुकुल भएकोले अगष्ट ७ तारिख शुक्रबारको दिन कार्यक्रम गर्ने निर्णय भएको हो,नेपाल आदिवासी जनजाति महासंघ कुवेतको मुल आयोजनामा, महासंघमा आबद्ध जातीय संघ संस्थाहरु तमू समाज कुवेत,तमू प्ये ल्हु संघ कुवेत, नेपाल मगर संघ शाखा कुवेत,नेपाल तामाङ घेदुङ कुवेत,किरात राई यायोक्खा शाखा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत, नेवा:गूठी कुवेत,सुनुवार सेवा समाज कुवेत,८ सँस्था महासंघमा आबद्ध छन। यस जुम भर्चुअल भिडियो कन्फरेन्स कार्यक्रममा सहभागी हुन कुवेतको सम्पूर्ण आदिबासी दाजु भाई तथा दिदी बहिनीहरु लाई नेपाल आदिबासी जनजाति महासंघ कुवेतले जानकरी दिएको छ /

कार्यक्रमको विवरण

मिति : ७ अगष्ट २०२० शुक्रबार

समय : दिनको ठिक १:00 बजे

जुम भर्चुअल भिडियोकन्फ्रेस

आयोजक : आदिवासी जनजाती महासंघ कुवेत शाखा