आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कलाकार एबम समाजसेबी भिजन गुरुङ को पहलमा फ़ेरि पनि मृगौला पीडित आयुष्मा गुरुङ बचाउ अभियान लाई आर्थिक सहयोग

परदेशी खबर २०७७ श्रावण १९, सोमबार मा प्रकाशित ( ५ साल अघि) ४५३ पाठक संख्या

भिजन गुरुङ / सिन्धुपाल्चोक – कलाकार एबम समाजसेवी भिजन गुरुङको सक्रियतामा आयुष्मा गुरुङ बचाऊ अभियानलाई बिश्वास गरि मृगौला सम्बन्धी रोगको लागि जिबन र मृत्यू संग लड़ीरहेकी आयुष्मा गुरुङको स्वास्थ्य लाभको कामना गर्दै सिन्धुपाल्चोक घर भै हाल साउदी अरबमा कार्यरत बरिष्ठ सामजासेबी मनका धनी भोज बहादुर गुरुङको पहलमा संयुक्तरूपमा रकम संकलन गरि केही रकम सहयोग प्रदान गरेको छ । मृगौला पीडितको लागी सहयोग रकम आइसकेको र अझै पनि सहयोग रकमहरु आउने क्रम जारी रहेको छ।

बिज्ञापन (Sponsored)

मृगौला प्रत्यारोपन गर्ने आशा बोकि धेरै समय देखि ओछ्यानमा लडि रहेकी आयुष्मा गुरुङको आशा पनि कोरोना भाइरस माहामारी जस्तै दिनप्रतिदिन लम्बिदै गैरहेको छ । पहिले देखिनै प्रत्यारोपणको प्रक्रियामा रहेता पनि अहिलेको वर्तमान अबस्थामा कोरोनाको महामारी बढीरहेको अवस्थाको कारणले गर्दा कोरोना महामारीको अवस्था कम नहुन्जेल सम्म मृगौला पप्रत्यारोपण गर्न नमिल्ने चिकित्सकहरुले सल्लाह दिएका छन ।

मृगौला पीडित आयुष्मा गुरुङ लाई सहयोग रकम हस्तान्तरण गर्नको लागी कलाकार तथा समाजसेबी भिजन गुरुङ र स्थानीय कलाकार सुनील गुरुङको विशेष उपस्थिति रहेको थियो ।

सहयोग रकम हस्तान्तरणको क्रममा मन्तव्य राख्दै मृगौला पीडित परिवारमा आर्थिक अवस्था अत्यन्त कम्जोर भएको हुँदा हाम्रो सानो सहयोगले उहाले नयाँ जीवन मिल्छ भन्ने बिश्वासका साथ हामिले ङोलो ङोल्स्यो समाज, काठमाडौं देखी अभियान चलाएको र धेरै जना पीडितहरु लाइनमा समेत अभियान चलाएर साथ दिदै आएको कलाकार एबम समाजसेबी भिजन गुरुङले बताएका थिए।

त्यसै गरि मृगौला पीडित आयुष्मा गुरुङको परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक र कम्जोर भएको हुंदा उपचारमा सहयोगको लागी देश बिदेशमा रहेका संघ संस्था तथा मनकारी मनहरु लाई दिल खोलेर सहयोग गरिदिन हार्दिक अपिल समेत गरेकोे छ ।

सहयोगको लागी निम्न व्यक्ति तथा बैंक खातामा जम्मा र सम्पर्क गर्न सकिने छ।

आधिकारिक एक मात्र बैंक खाता:
Mega Bank Nepal Limited
Kalpana Gurung (दिदी)
A/C: 0250050000431
Boudha Branch, काठमाडौं

सम्पर्क:
कल्पना गुरुङ +९७७ ९८५१२०८४४३ ( आयुस्माको दिदी)

ङोलो ङोल्स्यो समाज, काठमाडौं
कोषअध्यक्ष, राजाराम गुरुङ +९७७ ९८६०५८६५२०
सहकोषअध्यक्ष,
भिजन गुरुङ ९८४०२४६१३७