आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

वैकल्पिक शक्तिका रुपमा उदाएको जसपा पार्टी संगठन विस्तारमा, गाउँपालिका तथा वार्ड स्तरमा समिति गठन

परदेशी खबर २०७७ श्रावण १४, बुधबार मा प्रकाशित ( ५ साल अघि) ७८६ पाठक संख्या

बिज्ञापन (Sponsored)

परदेशी खबर/१४ साउन, भोजपुर। केन्द्रमा पनि संरचना तयार हुँदै गरेको वैकल्पिक शक्तिको रुपमा रहेको जनता समाजवादी पार्टी नेपालको संगठन विस्तार हुने क्रममा केहि समय अगाडी भोजपुर जिल्ला अरुण गाउपालिका स्तरिय समिति गठन भएको जसपा पार्टी वार्ड स्तरिय संगठन निर्माण गरेको छ।

भोजपुर जिल्ला अरुण गाउँपालिका वार्ड नं २ स्थित चम्पेमा देबराज श्रेष्ठको अध्यक्ष्यतामा एक्काइस सदस्यीय जनता समाजवादी पार्टी वार्ड स्तरीय समिति गठन गरेको हो। हिमाल,पहाड,तराई-मधेश, कोहि छैन पराइ जनता समाजवादी पार्टी नेपालको मुलनारा सार्थक बन्दै जाने क्रममा भोजपुर जिल्लामा भएको संगठन निर्माणले उत्साहित भएको जनता समाजवादी पार्टी अरुण गाउँपलिकाका अध्यक्ष राजकुमार राइले बताएका छन्।

Image may contain: 1 person, standing

रोजगारीको शिलशिलामा कुवेतमा रही पार्टीको प्रवास संगठन तत्कालिन नेपाली सङ्घीय समाज सस्थापक सल्लाहकार हुँदै पार्टी एकीकरण पछि नेपाली समाज कुवेतमा विभिन्न महत्वपूर्ण जिम्मेवारीमा काम गरेका गाउँपालिका अध्यक्ष राजकुमार राई नेपालमा भोजपुर जिल्लाका स्ठायी वासिन्दा हुन् भने हाल जिल्लामै संगठन निर्माण र सामाजिक तथा गाउँ बिकासका क्रियाकलापमा सक्रिय रहँदै आएका छन्।