मलाई जस्तैः तिमीलाई पनि हुन्छ होला

माया लाग्छ अथाह तिम्रै बोलीको।
महशुसमा अनुभुती गर्छु तिम्रै स्पर्शको।
सजाएकै छु तिम्रै नामले यी दुरिका दिनहरू।
बाँचेकै छु संगालेर बिर्सनै नसकिने तिम्रा यादहरु।
कसरी सुनाउ तिमीलाई यी मनका भावहरु।
पठाउछौ त केबल सम्झनामा आश्वासनहरु ।
आजभोलि भन्दाभन्दै भेट्ने दिन आउन लाग्यो ।
विगतमा झै तिमी संग रानीवनमा हराउन मन लाग्यो ।
मलाई जस्तै तिमीमा पनि भेट्ने हुटहुटी बढ्दै होला।
कयौं एक्लो रातहरुको हिसाब एकैपल्ट माग्छिन होला ।
संझनु र तड्पनुको शृङ्खलाले निन्द्रा पनि छैन होला ।
साथी संगीलाई लजाएर मेरै कुरा सुनाएर बस्दै होला। लामा भाइ ( इस्ट मान वाईबा) हाल: यूरोप
« केही प्रतिबन्ध कायमै राखी १२० दिन लामो लकडाउन हट्यो (Previous News)
(Next News) बन्दाबन्दी अन्त्य तर यी मापदण्ड नमाने कारवाही »