आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

मलाई जस्तैः तिमीलाई पनि हुन्छ होला

परदेशी खबर २०७७ श्रावण ६, मंगलबार मा प्रकाशित ( ६ साल अघि) १०५४ पाठक संख्या

माया लाग्छ अथाह तिम्रै बोलीको।
महशुसमा अनुभुती गर्छु तिम्रै स्पर्शको।
सजाएकै छु तिम्रै नामले यी दुरिका दिनहरू।
बाँचेकै छु संगालेर बिर्सनै नसकिने तिम्रा यादहरु।

बिज्ञापन (Sponsored)

कसरी सुनाउ तिमीलाई यी मनका भावहरु।
पठाउछौ त केबल सम्झनामा आश्वासनहरु ।
आजभोलि भन्दाभन्दै भेट्ने दिन आउन लाग्यो ।
विगतमा झै तिमी संग रानीवनमा हराउन मन लाग्यो ।

मलाई जस्तै तिमीमा पनि भेट्ने हुटहुटी बढ्दै होला।
कयौं एक्लो रातहरुको हिसाब एकैपल्ट माग्छिन होला ।
संझनु र तड्पनुको शृङ्खलाले निन्द्रा पनि छैन होला ।
साथी संगीलाई लजाएर मेरै कुरा सुनाएर बस्दै होला। लामा भाइ ( इस्ट मान वाईबा)                                  हाल: यूरोप