आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कुवेतमा कोरोना संक्रमनबाट ५८ हजार २२१ सङ्क्रमित, ५५३ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)

परदेशी खबर २०७७ श्रावण २, शुक्रबार मा प्रकाशित ( ६ साल अघि) २५३ पाठक संख्या

बिज्ञापन (Sponsored)

परदेशी खबर/ १७ , जुलाई  – कुवेत ।  कुवेतमा कोरोनाभाइरसबाट ५५३ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढेर ५८ हजार २२१ जना पुगेको कुवेतको स्वास्थ्यमन्त्रालयले आज जुलाई १७ तारिकमा पुष्टि गरेको छ l

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ५८ हजार २२१ जना मध्ये ९ हजार ४३६ संक्रमितहरुको उपचार भैरहेको छ भने १४३ जनाको अवस्था गम्भीर साथै ८३६  थप गरि ४८ हजार ३८१ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। पछिल्लो अपडेटमा नयाँ नेपाली संक्रमितको संख्या उल्लेख गरिएको छैन। कुवेतमा अहिलेसम्म ८४ जना नेपाली सङ्क्रमित भएको उल्लेख गरिएको थियो ।  त्यस पछिको विवरण उल्लेख गरिएको छैन । पछिल्लो २४ घण्टामा दुई जना मृत्‍यु भएको छ । कुवेतमा मृत्यु हुनेको संख्या ४९४ पुगेको छ । साथै विश्वभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ ।

विश्वब्यापीरुपमा संक्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु अस्थायीरुपमा बन्द गरेको छ साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सिनेमा हल, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बन्द गरेसंगै ब्यास्त सहरहरु सुन्सान अवस्थामा रहेको छ भने मार्च १ तारिक देखि नै बन्द गरिएको स्कुल कलेजहरु थप ४ महिना अर्थात् अगष्ट २०२०सम्मका लागि बन्द गरेको छ ।

कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५ लाख ९३ हजार ४४५  पुगेको छ । बिभिन्न संचार माध्यमहरुले जनाएको विवरणअनुसार संसारभरि १ करोड ३९ लाख ५८० हजार १३४ जना कोरोना भाइरसबाट सङ्क्रमित ८३  लाख ५  हजार ६६७ जना निको भएका र ५० लाख ७९ हजार ४६८ जना उपचार गरिरहेका विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो तथ्याङकमा सार्वजनिक गरेकोे छ ।