आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

युएईमा कोभिड – १९ को नयाँ संक्रमित २७५ ,संक्रमित संख्या ५५,८४८ र संक्रमित बाट निको ४६,४१८ जना

परदेशी खबर २०७७ अषाढ ३१, बुधबार मा प्रकाशित ( ६ साल अघि) २३४ पाठक संख्या

बिज्ञापन (Sponsored)

युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४८,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम अनुसार २०२० जुलाई १५ तारिख बुधबार २७५ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ५५,८४८ जना पुगेको छ।

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् आज ३९३ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ४६,४१८ जना पुर्णरुपमा निको भइसकेका छ्न। त्यसैगरी युएईमा हाल सम्म कोरोना भाइरस बाट संक्रमित भइ मृत्यु हुनेको संख्या ३३५ जना पुगेको छ भने संक्रमित बिरामी भइ उपचार गराइ रहेकाको संख्या ९,०९५ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।